रुघाखोकीबाट छुटकारा पाउन प्याजको रस प्रयोग गर्नुहोस्
जाडो मौसम सुरु भएको छ, यस्तो अवस्थामा चिसो लाग्नु सामान्य भएको छ । रुघाखोकीको औषधि सेवन गर्न धेरैजसो मानिसलाई झन्झटिलो हुन्छ, यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएर चिसो मौसमसँग सम्बन्धित रोगबाट छुटकारा पाउन सकिन्छ । यसका लागि न त पैसा खर्च गर्नु पर्नेछ न कुनै साइड इफेक्ट हुनेछ। जानौँ चिसो मौसममा प्याजको उपयोगिता !
प्याजको रससँग खानुहोस् यी चिज
यदि तपाईँलाई रुघाखोकी लागेको छ भने तपाईँको घरमा रहेको प्याज तपाईँको लागि निकै उपयोगी हुने छ । यसका लागि एक कप प्याजको रस निकाल्नुपर्छ। यस रसमा केही थोपा कागती र मह मिसाउनुहोस्। तीन वटैलाई राम्ररी मिलाएर यो जुस पिउनुहोस्। पिएको केही घण्टा पछि तपाईँले चिसोमा आराम पाउनुहुनेछ।
यसका अलावा प्याजको रसको सिरप पनि बनाउन सकिन्छ । यसका लागि एक कप प्याजको रस निकाल्नुपर्छ। यस रसमा कम्तीमा दुई दर्जन चम्चा मह मिसाउनुहोस्। जुन सिरप जस्तै हुनेछ। त्यसपछि केही घण्टाको लागि छोड्नुहोस्। अब तपाईँको सिरप तयार छ। यो सिरपको एक चम्चा प्रत्येक दिन एक घण्टाको अन्तरालमा लिनुहोस्। यो सिरपको सेवनले तपाईँलाई रुघाखोकी र फ्लुमा पनि धेरै राहत मिल्छ ।
प्याजको सलाद खाँदा पनि राहत मिल्छ
यसबाहेक, तपाईँ प्याज सलाद पनि खानासँग प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाईँले सलादमा काँचो प्याज मात्र समावेश गर्नुपर्छ। किनभने काँचो प्याजमा धेरै मात्रामा सल्फर हुन्छ । जसले कलेजोबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्नुका साथै सङ्क्रमणबाट पनि बचाउँछ ।
अरू पनि छन् प्याजको रसका फाइदाहरू
प्याजको जुस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यस बाहेक यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसका साथै यसले रक्तसञ्चार सुधार गर्न पनि मद्दत गर्छ । प्याजको रस सेवन गर्दा कब्जियत, ग्यास र पेट फुल्ने समस्या पनि हट्छ ।
यो पनि…
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण
उठ्ने बित्तिकै भुलेर पनि नगर्नुस् यी कुरा










Binance账户创建
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.