सन्दर्भ : राष्ट्रिय फोटो पत्रकारिता दिवस

गैर फोटो पत्रकारहरू हावी भए



आज ९४ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो काट्दै गरेको फोटो समाचार प्रकाशित भएको थियो । सोही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहास बन्यो । त्यही दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाइँदै आएको छ । पछिल्लो समय फोटो पत्रकारिताले निकै फड्को मारिसकेको छ । नयाँ–नयाँ प्रविधि तथा उपकरणले यसको आयाममा निकै परिवर्तन ल्याइदिएको छ । दिवसकै सन्दर्भ पारेर यतिबेला आम फोटो पत्रकार तथा नेपालमा फोटो पत्रकारिताको अवस्था कस्तो छ ? लगायतका विषयमा केन्द्रीत रही फोटो पत्रकार चन्द्रशेखर कार्कीसँग गरिएको कुराकानीः

यतिबेला नेपालको फोटो पत्रकारिता कुन अवस्थामा छ ?

नेपालको फोटो पत्रकारिता दयनीय अवस्थामा छ । लाखौँका क्यामेरा बोक्नेदेखि लिएर मोबाइलबाट खिच्नेहरू पनि फोटो पत्रकार भएका छन् । फेरि, लाखौँको क्यामरा बोक्दैमा फोटो पत्रकार चाँहि भइदैन, यो कुरा बुझ्न जरुरी छ ।

म फलानो पत्रिकाको, म नाम चलेको अनलाइनको भन्दै भुईंमा खुट्टा नटेकिकन हिँड्नेहरु छन् । अध्ययन विना फोटो पत्रकारितामा आउने प्रवृत्ति बढ्दो छ । कतै कार्यक्रम हुँदा मोबाइल बोकेर फोटोपत्रकार हुँ भन्दै हिँडिरहेका हुन्छन् । समग्रमा भन्नु पर्दा फोटो पत्रकारहरूमा गाम्भीर्यताको कमी छ ।

फोटो पत्रकारिताको समस्या के के हुन् ?

फोटो पत्रकारिताको समस्या भन्नु भन्दा पहिला आफैमा समस्या खोज्नुपर्छ । फोटो पत्रकार हुनुपूर्व सर्बप्रथम पत्रकारिता बुझेको हुनुपर्छ । पत्रकारिता के हो भनेर कुनै पनि फोटो पत्रकारलाई सोध्ने हो भने ९० प्रतिशतले भन्न सक्दैनन् ।

फोटोग्राफी गर्नलाई पत्रकारिता जरुरी भएन । तर, फोटो पत्रकारिता बुझेको हुनुपर्छ । फोटो पत्रकारितामा अध्ययनको कमी छ । यही नै अहिलेको मुल समस्या हो ।

नेपालमा फोटो पत्रकारहरूको अवस्था कस्तो छ ?

नेपालमा फोटोपत्रकार बन्ने भन्दैमा विना अध्ययन जथाभावी फोटोग्राफीको चलन छ । फोटोपत्रकारितामा २, ४ सय वटा बाइलाइन हाल्दैमा चिनिदैन । चिनिनका लागि एक फोटो नै पनि काफी हुन सक्छ । तर फोटो पत्रकारिता यस्तो पेशा हो, जहाँ धेरै समय काम गर्दै गएपछि बिस्तारै कसैले कुन फोटोले, कसैले कुनै कामको माध्यमबाट चिन्ने हुन्छ ।
म फलानो पत्रिकाको, म नाम चलेको अनलाइनको भन्दै भुईंमा खुट्टा नटेकिकन हिँड्नेहरु छन् । अध्ययन विना फोटो पत्रकारितामा आउने प्रवृत्ति बढ्दो छ । कतै कार्यक्रम हुँदा मोबाइल बोकेर फोटोपत्रकार हुँ भन्दै हिँडिरहेका हुन्छन् । समग्रमा भन्नु पर्दा फोटो पत्रकारहरूमा गाम्भीर्यताको कमी छ ।

तपाईंले फोटो पत्रकारिता सुरु गर्दाको समयलाई कसरी स्मरण गर्नुहुन्छ ?

२०४७ सालतिर फोटो पत्रकारितामा प्रवेश गरेको हुँ । त्यतिबेला फोटो पत्रकार भन्ने चलन पनि थिएन, फोटोग्राफर नै भनिन्थ्यो । त्यसबेला प्रविधि गाह्रो थियो तर प्रतिस्पर्धा कम थियो । प्रतिष्पर्धाको ममिलामा फोटो पत्रकारितामा प्र्रवेश सहज थियो । तर, प्रविधिले एकदमै गाह्रो बनाएको थियो । कुनै कार्यक्रममा फोटो खिच्न जाँदा कुन फोटो स्टुडियोबाट हो ? फोटो कहाँ किन्न पाइन्छ ? भनेर प्रश्न गर्थे । मैले काम गर्न थालेको ३०, ३२ वर्ष भयोे । काम गरेको १५, २० वर्षपछि बल्ल तपाईं कुन पत्रिकाबाट हो ? फोटो कहिले छापिन्छ ? भनेर सोध्ने चलनको विकास हुँदै गयो । यो चलन स्थापित गराउन मेरो पनि योगदान रहेकोमा गर्व लाग्छ ।

म एक जनाले गरेर पुरै पेशाकै बदनाम हुन सक्छ भन्ने महशुस गर्नुपर्छ । फोटो पत्रकारमा हुनैपर्ने गुण भनेको उनीहरू अध्ययनशील हुनु पर्याे । पत्रकारिताको बारेमा ज्ञान हुनु पर्याे । पत्रकारिताको लागि फोटोग्राफी गर्दैछु भनिसकेपछि त पत्रकारिताको मूल्य र मान्यता बुझेको हुनुपर्यो ।

त्यतिबेला र अहिले के फरक पाउनु हुन्छ ?

त्यतिबेला रिलहरू थोरै हुन्थे, पत्रिकामा कलर फोटो छाप्नुभन्दा पहिले त बाहिर पठाउनु प¥थ्यो । अहिलेको जस्तो ठूलो लेन्स भनेको त सपनाकै कुरा हुन्थ्यो । त्यति मात्र होइन, भनेको बेला रिल पाइँदैन थियो, कहिले म्याद नाघेका रिल चलाउनु पर्थ्यो, ४००/८०० को फिल्म किन्न कस्तो गाह्रो हुन्थ्यो । त्यतिबेला कलर फोटो छाप्ने चलन सुरुवात भएको भए पनि प्रायः सादा नै चलाइन्थ्यो । फोटो खिचेर मात्र पनि भएन, प्रिन्ट गर, डेभलप गर, कति हो कति काम त । फोटो खिच्न एकाग्रता चाहिन्थ्यो ।
अहिले भने प्रविधि सहज भएको छ । चुनौती र प्रतिष्पर्धां भने बढेको छ । त्यतिबेला प्रविधिले छल गर्न दिएको थिएन, जसका कारण सजिलै विश्वास गर्थे । प्राविधिक छल गर्नेले गरे होलान्, ती पेशाबाटै हटेका छन्, किनकी सजिलै थाहा हुन्थ्यो । तर हाल भने प्राविधिक छल गरेको सहजै थाहा हुँदैन । त्यसैले हाल फोटो पत्रकारलाई विश्वास गर्न गाह्रो छ ।

एउटा कुशल फोटो पत्रकारमा हुनुपर्ने गुण के के हुन् ?

फोटो पत्रकारिताको पेशामा लाग्न चाहने प्रत्येक फोटोग्राफर गम्भीर भएर लाग्नुपर्छ । म एक जनाले गरेर पुरै पेशाकै बदनाम हुन सक्छ भन्ने महशुस गर्नुपर्छ । फोटो पत्रकारमा हुनैपर्ने गुण भनेको उनीहरू अध्ययनशील हुनु पर्याे । पत्रकारिताको बारेमा ज्ञान हुनु पर्याे । पत्रकारिताको लागि फोटोग्राफी गर्दैछु भनिसकेपछि त पत्रकारिताको मूल्य र मान्यता बुझेको हुनुपर्यो ।
फोटो पत्रकारितामा रातारात म फलानोजस्तो बन्छु भनेर हुँदैन । कुशल फोटोपत्रकारको लागि रात दिन मिहेनत गर्नुपर्छ ।

राष्ट्रिय फोटो पत्रकार संघ हामीले पनि खोल्यौँ । बिस्तारै फोटो पत्रकार साथीहरू बढ्दै गए । तर त्यसमा पछिल्लो समय फोटो पत्रकारभन्दा पनि गैर फोटो पत्रकारहरू हावी भए ।

तपाईंले खिचेको मध्ये मन खाएको तस्विर कुन हो ?

साँच्चै भन्नु पर्दा कसैले मलाई तपाईंले खिचेको राम्रो फोटो देखाउनुुस् भन्यो भने मलाई गाह्रो हुन्छ । सबै फोटो राम्रो लागेर भने होइन है । किनभने मैले खिचेका कुनै पनि फोटोमा म आफै सन्तुष्ट छैन । फोटो खिचिसकेपछि अझै यसो गरेको भए झनै राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
तर पनि दर्शकहरूको कमेन्टको आधारमा मेरा केही फोटो राम्रा रहेछन् भन्ने महसुस भने गरेको छु । तात्कालीन राजा वीरेन्द्रको फोटो, रामेछापको पहिरोको बीचमा बसेको घर, माओवादी कालको बेला मेलम्चीमा सेनाहरू सिभिल ड्रेसमा हिँडेको, दैलेखको भीडन्त, कुकुरलाई धोबी चराले चारो खुवाइरहेको, दुइटा साँढे जुधिरहेको लगायतका फोटो लोकप्रिय भएका थिए ।

फोटो पत्रकारहरुको विभिन्न संगठन खुलेका छन् । के तिनले फोटो पत्रकारहरूको हकहितका लागि काम गरिरहेका छन् ?

धेरैजसो संस्था फोटो पत्रकारिताको मूल्य मान्यताभन्दा बाहिर गएका पाइएको छ । राष्ट्रिय फोटो पत्रकार संघ हामीले पनि खोल्यौँ । बिस्तारै फोटो पत्रकार साथीहरू बढ्दै गए । तर त्यसमा पछिल्लो समय फोटो पत्रकारभन्दा पनि गैर फोटो पत्रकारहरू हावी भए ।
फोटो पत्रकार बाहेकका फोटोग्राफर लगायत फ्रेम पसल, क्यामेरा पसलेदेखि बारीको कान्ला खिच्ने सम्म सदस्य भए । त्यसैले यहाँको विधान परिवर्तन गर्नुपर्ने छ । हाल फोटोजोर्नलिस्ट क्लब पनि छ, यहाँ भने फोटोपत्रकारहरू मात्रै छन् । यो भने केही हदसम्म व्यावसायिक छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको