English

‘उचाइ’ को नयाँ गीत सार्वजनिक



नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ को नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार ‘अरे ओ अंकल’ बोलको गीत सार्वजनिक गरिएको हो। दिव्य कुमार र देवेन्द्रपाल सिंहको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ।

गीतको भिडिओमा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलाई शारीरिक व्यायाम गरिरहेको देख्न सकिन्छ। उनीहरूलाई सगरमाथासम्म पुर्‍याउने जिम्मा परिणिती चोपडाले पाएकी छन्।

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्। यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested