English

‘उचाइ’ को नयाँ गीत सार्वजनिक



नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ को नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार ‘अरे ओ अंकल’ बोलको गीत सार्वजनिक गरिएको हो। दिव्य कुमार र देवेन्द्रपाल सिंहको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ।

गीतको भिडिओमा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलाई शारीरिक व्यायाम गरिरहेको देख्न सकिन्छ। उनीहरूलाई सगरमाथासम्म पुर्‍याउने जिम्मा परिणिती चोपडाले पाएकी छन्।

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्। यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested