English

अमिताभ यस वर्षकै व्यस्त अभिनेता



‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो वर्ष यी फिल्ममा अमिताभ देखिए ।

झुण्ड

अमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो । यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो ।

रनवे २४

‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए । यो फिल्ममा उनले विमान दुर्घटना प्रमुख ९एएआईबी०को भूमिका निभाएका थिए । फिल्मको सेकेन्ड हाफबाट उनले दमदार अभिनय प्रस्तुत गरेका थिए ।

ब्रह्मास्त्रः पार्ट वन शिवा

अमिताभ अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन शिवा’ मा पनि देखिए । यसबाहेक उनी आर बाल्कीको फिल्म ‘चुपः ए रिवेन्ज अफ आर्टिस्ट’मा केमियो भूमिकामा देखिए ।

गुडबाय

अमिताभको अभिनय रहेको फिल्म ‘गुडबाय’ हालै रिलिज भयो । फिल्मबाट अमिताभले राम्रो तारिफ पाइरहेका छन् । उनी यसै वर्ष सुरज बडजात्याको फिल्म ‘उचाइ’ मा पनि व्यस्त भए ।

यो पनि…
नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक
पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested