English

२५० करोडमा बिक्यो शाहरुखको ‘जवान’



बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ ।

यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन ।

फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छन् ।

शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested