पार्टनरमा हुनैपर्ने गुणहरु



आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको कुरा आँउछ उनीहरुले केही ससाना तर महत्वपूर्ण कुरालाई नजरअन्दाज गरिदिन्छन् ।

यसैकारण उनीहरुले अन्तरंग पलको आनन्द उठाउन सक्दैनन् । त्यसोभए यौनकार्यमा निपुणता हासिल गरेको सेक्स पार्टनर कसरी बन्ने त ? यदि तपाईं पनि यस्तो स्थितीबाट बचेर आफ्नो यौन जीवनलाई रोमाञ्चक बनाउन चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस् ।

सरसफाईमा ध्यान दिने

छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस् किनभने सफा र चम्किलो छालाको स्पर्शले नै पार्टनरलाई कामोत्तेजित बनाउँछ । साथै बेडमा जानुभन्दा पहिले नै आफ्नो शरीरबाट पसिना आदिको दुर्गन्ध नआओस् भन्ने कुराको सुनिश्चित गर्नुहोस् । नुहाएर राम्रो वास्ना दिने कुनै बडि स्प्रे वा परफ्युम लगाउनुहोस् र हेर्नुहोस् तपाईंको शरीरको बास्नाले पार्टनरलाई कसरी मदहोस् बनाइदिन्छ ।

साहसिक प्रेमी

यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न । साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नुहुन्न ।

राम्रो यौनसाथी बन्नको लागि आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस् । यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस् । यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ ।

मुखमैथुनको आवश्यकता

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् ।

पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

यो पनि…
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने