English

भूकम्पपछिका ६ वर्ष

टेकोले धानेको काठमाडौं



लड्न लागेका वस्तुलाई केही समयका लागि अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना सहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ । २०७२ को महाभूकम्पले क्षति पुर्याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन ।

यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्यूरोड, बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् ।

अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा ।

‘के गर्नु डरले मात्रै नहुने रहेछ, नजिकै मःम पसल छ, त्यहि काम गर्नुपर्छ, यो कहाँ रहर होर बाबू, बाध्यता हो, के गर्नु ?’

बसन्तपुर दरबार क्षेत्र नजिकै बस्ने एकी बलामी ६ वर्षयता टेकोले धोनेको घरमा अडिएकी छिन् । उनी यो घरमा बस्न थालेको पनि २५ वर्ष बितिसक्यो । एकातर्फ घरको माया र अर्काे तर्फ नाजुक आर्थिक अवस्थाले गर्दा उनलाई यो घरले बिदा दिन सकेको छैन । आखिर मन नै हो धराप घरमा बस्दा कसको मन पो नआत्तिएला र । उनी भन्छिन्, ‘लडेपछि त कहाँ बाचिएला र आश छैन, बरु सबै एकैठाउँमा मरिन्छ भन्ने चाहीँ हो ।’

डरैडरमा उनले ६ वर्ष त यही काटिन् । कहिले आत्तिन्छिन् त कहिले उनको जिउ सिरिंग हुन्छ र कहिले छाती ढक्क फूल्छ । अनि भन्छिन्, ‘डर त लाग्छ नि, के गर्नु सुरक्षित घरमा बस्न पैसा छैन, त्यसैले यतै बसेर टार्नुपरेको छ ।’

मरुढोकाटोलकी कर्ममाया महर्जनको परिवारले पनि ६ वर्षयता यस्तै टेकोले धानेको घरमा गुजारा चलाइरहेका छन् ।

उनी सहित यो घरमा ५ जनाको परिवार बस्छ । मासिक १२ हजार रुपैयाँ घरबेटीलाई तिर्छन् । भूकम्प जाँदा उनी त्यहि घरमा थिइन् । कतै भागिनन् । सबै परिवार घरमै बसे । भागेर कहाँ जाने ? उनी भन्छिन्, ‘भागे पनि मरिने नभागे पनि मरिने बरु सबै परिवार एकैठाउँमा भइयो भने ढुक्क हुन्छ भनेर कतै गएनौं,’ उनले थपिन्, ‘के गर्नु डरले मात्रै नहुने रहेछ, नजिकै मःम पसल छ, त्यहि काम गर्नुपर्छ, यो कहाँ रहर होर बाबू, बाध्यता हो, के गर्नु ?’ त्यसो त बसिरहेको घर, घरबेटीले नबनाइदिने र नयाँ ठाउँमा जानलाई व्यापार सार्न नसकिने उनीहरुको अर्को चिन्ता हो । उनको घरबेटी भने कलंकीमा बस्दै आएका छन् ।

बलामीको परिवारजस्तै काठमाडौंमा टेकोले धानेका घरमा बस्ने अधिकांशको पीडा यस्तै छ । मरुढोकाटोलकी कर्ममाया महर्जनको परिवारले पनि ६ वर्षयता यस्तै टेकोले धानेको घरमा गुजारा चलाइरहेका छन् ।

उनको भने यो आफ्नै घर हो । अहिलेसम्म घर नबनाइ किन धराप घरमा बस्नुभयो ? भन्ने प्रश्न गर्दा उनले अर्को घर बनाउँदै छौं भन्ने जवाफ मात्र फर्काइन् । अहिले यो घरमा उनीसहित तीन जनाको परिवार बस्छन् । अब चाँडै नयाँ घरमा जाने तयारी रहेको उनी बताउँछिन् ।

भूकम्प गएको ६ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौं महानगरपालिकाले वेवास्ता गर्नु पनि यसको एउटा कारण हो ।

वसन्तपुरमै टेकोले अड्याएको घरमा व्यापार गर्दै आएका हिराकाजी बज्राचार्यले त्यहाँ पसल राखेको २ महिना १० दिन भयो । धराप देख्दा देख्दै उनले त्यो घरमा उनले पसल सारेका हुन् । यस्तो घरमा किन सार्नुभयो ? भन्ने प्रश्नमा उनको एउटै उत्तर छ, सस्तो कोठाभाडा । पहिला उनी क्षेत्रपाटीमा काठ, ढुङ्गाका सजाउने मूर्तिहरुको व्यापार गर्दथे ।

मालिकले त घर बनाउनुपर्छ अहिले भाडामा दिँदैनौं भनेका थिए । तर, उनले नै एक डेढ वर्षका लागि दिनुस् भनेर अनुरोध गरेको उनी सम्झन्छन् ।

काठमाडौं उपत्यकामा यसरी टेको लगाएका घरहरु धेरै छन् । तर यस्तो जोखिममा पनि मानिसहरु बस्न छोडेका छैनन् । भूकम्प गएको ६ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौं महानगरपालिकाले वेवास्ता गर्नु पनि यसको एउटा कारण हो । यसरी जोखिमयुक्त घर हालसम्म किन बनाउनु भएन ? भन्ने प्रश्नमा कति घरमुलीहरु बोल्न मानेनन् । कतिपय त आफैँ जोखिम मोलेर टेको लगाएको घरमा व्यापार गरिरहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती