क्वान्दो च्याम्पियनसिपः सागरलाई स्वर्ण



नेपालका सागर गुभाजुले अस्ट्रेलियामा सम्पन्न सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यरोगीतर्फ उनले स्वर्ण जितेका हुन् ।

युएससी स्टेडियममा भएको पुरुष ७४ केजीको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई हराए । फाइनल बेस्ट अफ थ्रि अनुसार भएको थियो । जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारे । उक्त तौल समूहमा अमेरिकाका चार्ली बिलगुड तेस्रो स्थानमा रहे ।

गत महिना मात्र अध्यययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनी विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्थे । उनले इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए । कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए ।

यो पनि…
‘सुनौलो अवसर गुमाउन चाहदैनौँ’
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा

एएफसी यु–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता

सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन

Suggested