English

साफ महिला च्याम्पियनसिप (फोटो फिचर)



नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० हराउँदै अन्तिम चारमा यात्रा पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । ११औं मिनेटमा सरुले, १७ औं मिनेटमा अमृताले र पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

७६औं मिनेटमा अमिषाले र दोस्रो हाफको पनि इन्जुरी समयमा अमिषाले नै दोस्रो गोल गरेपछि नेपालको पक्षमा सहज जित निस्किएको हो । जितसँगै समूह ‘बी’ को नेपालले ६ अंक जोडेको छ ।

यो पनि…
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा
महिला साफको टेक्निकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested