English

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलंका खेल्दै



काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।

आज हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ ।

पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल आज श्रीलंकासँग भिड्न लागेको हो । यता दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच भन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । यस खेलको टिकेटिङ पार्टनर पेवेल नेपाल रहेको छ ।

यो पनि…
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा
महिला साफको टेक्निकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested