English

‘सुनौलो अवसर गुमाउन चाहदैनौँ’



नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।

प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौँ । घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं ।’ थापाले भने ।

प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्दी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेको बताए । ‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु । मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने ।

यसअघि नेपालले साविक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो । भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाललले त्यसअघि समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।

थापाले घरेलु समर्थकको उर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे । ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म विश्वस्त र खुशी छुु,’ थापाले भने ।

यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।

यो पनि…
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested