English

‘सुनौलो अवसर गुमाउन चाहदैनौँ’



नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।

प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौँ । घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं ।’ थापाले भने ।

प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्दी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेको बताए । ‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु । मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने ।

यसअघि नेपालले साविक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो । भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाललले त्यसअघि समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।

थापाले घरेलु समर्थकको उर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे । ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म विश्वस्त र खुशी छुु,’ थापाले भने ।

यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।

यो पनि…
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का