English

महिला साफ च्याम्पियनसिप : बंगलादेश दोस्रो पटक फाइनलमा



कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८–० को सहज जित निकाल्दै बंगलादेशले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।

खेलको दोस्रो मिनेटमा छोटोन जहान सोप्नाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका लागि कप्तान सविनाले १८औं मिनेटमा अग्रता दोब्बर बनाइन् । ३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकार र ३५औं मिनेटमा रितु पोर्ना चक्माले एक(एक गोल थप्दा बंगलादेशले भुटानमाथि पहिलो हाफमा ४–० को अग्रता बनायो ।

पहिलो हाफमा चार गोल गरेको बंगलादेशले दोस्रो हाफमा पनि चार गोल नै थप्यो । ५४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै ५–० मा पुर्‍याइन् । त्यसको तीन मिनेटपछि मसुरा प्रविनले खगोल गर्दै बंगलादेशलाई ६–० को स्थितिमा ल्याइन् । ८७औं मिनेटमा तोहुरा खातुन र इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै ८० को नतिजामा जित पक्का गरिन् ।

शुक्रबारै हुने सेमिफाइनलको दोस्रो खेलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।

यो पनि…
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)
प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का