English

बोल्नेभन्दा पनि खेलेर उपाधि जित्ने हो : कप्तान एन्जिला



नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेको बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार अवस्थामा रहेको र उपाधि जित्ने दाबी गरिन् ।

‘आगामी खेलको लयलाई कायम राख्न चाहन्छौं । बंगलादेश राम्रो टिम हो । हाम्रो तयारी पनि राम्रो छ । हामी फाइनल खेल्न पूर्ण रुपमा तयार छौं,’ पहिलो पटक नेपालको कप्तानी गरिरहेकी एन्जिताले भनिन् ।

प्रतियोगिताको फाइलन खेल भोलि (सोमबार) त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दा कप्तान तथा गोलरक्षक एन्जिलाले तीन ‘क्लिन सिट’ राखेकी छिन् । नेपालले पहिलो खेलमा भुटानलाई ४–०, दोस्रो खेलमा श्रीलंकालाई ६–० र सेमिफाइनलमा भारतलाई १–० ले हराएको थियो । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक हो । समग्रमा भारतविरुद्ध दोस्रो जित थियो ।

कप्तान एन्जिालले बोलेरभन्दा पनि खेल जितेर घरेलु दर्शकमाँझ उपाधि जित्ने बताइन् । उनले जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा विश्वास राखिन्, ‘बोल्नेभन्दा पनि खेलेर उपाधि जित्ने हो । हामी शारीरिक, प्राविधिक र मानसिक रुपमा तयारी छौं । जतिसक्दो कम गल्ती गर्दै उपाधि जित्नेमा सकारात्मक छौं,’ सन् २०१६ बाट नियमित टोलीमा रहेकी एन्जिलाले भनिन् ।

बंगलादेशविरुद्ध डेंगुका कारण उपलब्ध नभएका स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन समेत फर्कने सम्भावना छ ।

यता, टोलीका मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्न तयार भएको बताएका छन् ।

यो पनि…
‘सुनौलो अवसर गुमाउन चाहदैनौँ’
साफ महिला च्याम्पियनसिप (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested