खरायोले आफ्नै दिसा किन खान्छ ?



संसारमा अनौठा जीवहरुको कुनै कमी रहेको छैन । यस्तै तपाई हामीले देखिरहेको खरायोको एउटा बानी भने निकै अनौठो रहेको छ ।

खरायोले आफूले गरेको दिसा फेरी खान्छ । खरायो एउटा त्यस्तो जीव हो, जसको पाचन तन्त्र राम्रोसँग विकसित भएको हुँदैन । यो जीव आफ्नो अधिकांश जीवन घाँस खाएर बिताउँछ । जसका कारण खरायोको शरीरबाट धेरै आवश्यक न्यूट्रिएन्ट्स नपची दिसाको रुपमा बाहिर निस्किन्छ । त्यसैले खरायोले सोही दिसालाई पूनः खाएर धेरै पोषक तत्व प्राप्तगर्छ ।

खरायोको दिसा दुई किसिमको हुन्छ । पहिलो तरल र दोश्रो कडा । तरल दिसालाई सीकोट्रोप भनिन्छ । जो पोषक तत्वले भरिएको हुन्छ । खरायोले त्यसै पातलो दिसालाई पूनः खाएर पोषक तत्व प्राप्त गर्छ र त्यसपछि कडा दिसा निकाल्छ । तरल मलमा भिटामिन के र भिटामिन बी १२ हुन्छ । खरायोले खाएको कुरालाई दिउसँ भन्दा राती बढी पचाउने गर्छ ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

अहिलेको विश्वमा मानिसले पाइला नराखेका ठाउँहरू प्राय छैनन् । तर पहिले यस्तो थिएन । पहिलेका मानिस र अहिलेका मानिसलाई तुलना

संसारमा अचम्मका कुराहरू घट्ने गर्छ । आज हामी तपाईँलाई यस्तो अचम्मको ठाउँको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा

संसारमा यस्ता पुलहरूको कमी छैन जुन आफैँमा धेरै विशिष्ट छन्। यी मध्ये केही पुलहरू यस्ता पनि छन् जसलाई विश्वकै सबैभन्दा

Suggested