English

के तपाईँको कोठामा रङको संयोजन मिलेको छ ?



धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गर्छन् । सोही रङ भित्री कोठाहरूमा पनि लगाउने गर्छन् । एक हिसाबले हेर्दा यसो गर्दा घरको सजावट गर्न सजिलो पनि हुन्छ । घर सिम्पल पनि देखिन्छ । तर कहिलेकाहीँ अलिकति बोल्ड भएर रङ छानियो भने घरलाई अझ धेरै सुन्दर तथा आकर्षक बनाउन सकिन्छ ।

लिभिङ रुम

घरभित्र छिर्ने बित्तिकैको पहिलो कोठा भनेको लिभिङ रुम हो । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङ प्राथमिकता दिनुपर्छ । सेतो रङलाई छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठुलो र फराकिलो देखिन्छ ।

बेडरुम

बेडरुम भनेको आराम गर्ने र तरो ताजा महसुस गर्ने कोठा हो । बेडरुमको रङले तपाईँको मुडमा पनि प्रभाव परिरहेको हुन्छ । यो कोठामा हरियो रङको प्रयोग गर्नु प्रभावकारी हुन्छ । हरियो रङले तपाईँलाई शान्ति प्रदान गर्छ र आराम र ताजगी पनि महसुस हुन्छ ।

डाइनिङ रुम

तपाईँहरूले याद गर्नु भएको होला, धेरैले आफ्नो डाइनिङ रुममा डाइनिङ टेबल र भित्ताको रङ रातो र पहेँलो कलरको कम्बिनेसनबाट बनाएका हुन्छन् । डाइनिङ रुममा रातो कलर लगाउँदा यसले भोक बढाउने गर्छ । यो रङले घरका सदस्यहरू सँगै भएको भावना पनि बढाउने गर्छ ।

रिडिङ रुम

नीलो रङले फोकस र कन्स्ट्रक्सन बढाउने काम गर्छ । यदि तपाई घरमा सानो अफिस अथवा रिडिङ रुम बनाउँदै हुनुहुन्छ भने त्यो एरियाको भित्ताहरूमा नीलो रङ प्रयोग गर्न सक्नु हुन्छ ।

किचन

घरको भान्सा कोठामा पहेँलो रङको प्रयोग गर्दा राम्रो प्रभाव परेको हुन्छ । पहेँलो रङलाई तातो रङ पनि भनिन्छ । साथै, आनन्द तथा उत्साहको रङ पनि भनिन्छ । भान्सा कोठा भनेको त्यस्तो ठाउँ हो, जहाँ परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा हुन्छन् । त्यसैले भान्सा कोठालाई पहेँलो रङले सजाएर न्यानोपनले भर्नुहोस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,