English

सम्भोगका बेला नगर्नुहोस् यस्ता गल्ती



मानव जीवनको अस्तित्वका लागि तथा जीवन चक्र धान्नको लागि सेक्स महत्त्वपूर्ण छ । सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । तर, यौन सम्पर्कको बेलामा गर्ने केही गल्तीहरूले पनि यौन जीवनलाई खराब बनाउन सक्छ । त्यसैले यौन सम्पर्कको बेला गर्न नहुने गल्तीबारे सचेत हुन पनि उत्तिकै आवश्यक छ ।

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रूपले तयार नभई सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

असुरक्षित सम्बन्ध

यौन सम्पर्क गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धका लागि भरोसा दिलाउनुपर्छ । कुनै किसिमको लाज र सङ्कोच नहोस् तथा सहज महसुस होस् । यदि महिला र पुरुष दुबैमध्ये कुनै एकलाई असहज महसुस भएको छ भने उनीहरूले चरम आनन्द प्राप्त गर्न सक्दैनन् ।

नहतारिने

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रूपले तयार नभई सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

नबोल्ने पनि नराम्रो

यौन सम्पर्कको बेला बोल्दै नबोल्ने र खाली यौन क्रियाकलापमा ध्यान दिने बानी पनि राम्रो होइन । यौन सम्बन्ध भइरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्त्वपूर्ण छ । यौनको आनन्द भाषामा व्यक्त गर्दा माया पनि बढ्छ ।

मोबाइल नचलाउने

यौन सम्पर्कको बेला मोबाइलको प्रयोग नगरेकै राम्रो बरु सम्पूर्ण ध्यान जीवनसाथीलाई दिनुपर्छ । मोबाइल चलाउन थाल्दा तपाईँको साथीको मुड खराब हुन सक्छ । त्यसैले यौन सम्पर्कको बेला मोबाइलको प्रयोग गर्नु हुँदैन ।

निदाइ नहाल्ने

सेक्सपछि धेरैजसोको बानी निदाइहाल्ने हुन्छ जसले गर्दा मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरूलाई एक अर्कासँग साट्न पाउनुहुँदैन र सेक्सपछिको मुडलाई बुझ्न सकिँदैन ।

यो पनि…
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले