English

फ्यानका कारण राजु श्रीवास्तव असुरक्षित



भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन् । सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् । उनको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ ।

यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन् । एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उनीसँग सेल्फी लिन खोजेका छन् । त्यसपछि उनलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए । राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ ।

गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।

याे पनि…
भेन्टिलेटरमा रहेका राजुलाई अमिताभको अडियो
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested