English

फ्यानका कारण राजु श्रीवास्तव असुरक्षित



भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन् । सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् । उनको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ ।

यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन् । एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उनीसँग सेल्फी लिन खोजेका छन् । त्यसपछि उनलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए । राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ ।

गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।

याे पनि…
भेन्टिलेटरमा रहेका राजुलाई अमिताभको अडियो
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested