English

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !



सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ ।

मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी त्यो समयमा आफ्नो करियरको सुनौलो यात्रामा थिइन् । तर, यो फिल्ममा उनले आमाको भूमिका निभाउनु पर्ने प्रस्ताव आएपछि उनले त्यसलाई ठाडै अस्वीकार गरेकी थिइन् ।

‘जब मलाई बम्बेको अफर आयो, तब मानिसहरुले मलाई यो फिल्म नगर्न दबाब दिए । किनकी २० वर्षको उमेरमा मैले आमाको भूमिका निभाउँदै थिएँ । उनीहरुले यो फिल्ममा आमाको भूमिका निभाए आगामी १० वर्षभित्र हजुरआमाको भूमिका पाउने भन्दै डर सिर्जना गरिदिए’, उनले भनेकी छन् ।

त्यसपछि मनिषाले अन्य बौद्धिक वर्गको कुरा सुनिन् । जसले मणिरत्नमको फिल्म अस्वीकार गर्नु भनेको जिन्दगीभर पछुताउनु हो भन्ने सुझाव दिए ।

‘बम्बे’मा मनिषाको अपोजिटमा अरविन्द स्वामी प्रमुख भूमिकामा थिए । दुवैको अभिनयलाई दर्शकले निकै मनपराएका थिए । मनीषा पछिल्लो पटक सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’मा देखिएका थिए । फिल्ममा उनले रणवीर कपूरको आमाको भूमिका निभाएकी थिइन् ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested