English

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत



क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ ।

नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री सहयोग गर्नेछ ।

दायाँ हाते ब्याटर अमितले नेपालको यु१९ टोलीबाट समेत खेलिसकेका छन् । अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए । उनले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाएका हुन् ।

फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।

आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए । उनले आइटेल मोबाइल नेपालमा नम्बर वान भएको दाबी गरे ।

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । उनले खेल सामग्री करिब एक लाख २० हजार रुपैयाँसम्मको हुने बताए । जसबापत अमितले कम्पनीको प्रचार गर्नेछन् ।

अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।

यो पनि…
कतार विश्वकप अब एकदिन अगाडि नै !
बंगलादेश र भारत फाइनलमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested