English

बंगलादेश र भारत फाइनलमा



लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि आजै भएको पहिलो खेलमा नेपालसँग १–१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।

यो पनि…
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested