यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने



समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ ।

भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् ।

समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउनेछ ।

मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यस अघि खेलको दोस्रो हाफमा मैदानमै हात हालाहालको अवस्था सृजना भएपछि नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए । नेपालमा दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै बेन्च खेलाडी रोहित सुब्बाले रातो कार्ड पाएका थिए । बंगलादेशका बाहिदुल इस्लामले दोहोरो पहँेलो कार्डको सामना गरेका थिए ।

यस अघि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० ले पराजित भएको थियो ।

यो पनि…
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन

फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन खास रहेन । उनले म्यानचेस्टर युनाइटेडमा नियमित मौका पाइरहेका छैनन् । गत अक्टोबरमा टोटनह्याम

फुटबल खेलाडीहरूको अनौठो विश्वास छ । कोही नुन छर्कन्छन्, कोही कपाल पाल्छन्। कसैले दाहिने खुट्टा माथि उठाउँछन्, कोहीले जमिन चुम्बन

Suggested