English

आईपीएलका पाँच ‘फ्लप’ भारतीय क्रिकेटर



इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।

जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमको ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ ।

भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् ।

केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् ।

यी हुन् यसपटक ‘फ्लप’ रहेका पाँच क्रिकेटर

अक्षर पटेल

दिल्ली क्यापिटल्सले मेगा अक्सनअघि नै अक्षर पटेललाई बोली लगाएको थियो र नौ करोड (भारु) मा रिटेन गरेको थियो । तर, अक्षर अहिलेसम्म पूरा ‘फ्लप’ रहेका छन् । उनले पाँच खेलमा जम्मा एक विकेट लिएका छन् भने ७८ रन मात्रै बनाएका छन् ।

रोहित शर्मा

आईपीएलको सबैभन्दा सफल कप्तान बनेका रोहित शर्मा यस सिजनको भने खास प्रदर्शन दिन सकेका छैनन् । मुम्बई इंन्डियन्सले रोहितलाई १६ करोड (भारु) मा रिटेन गरेको थियो । यस सिजन ६ खेल खेलिसकेका उनले सर्वाधिक ४१ रन बनाएका छन् । हालसम्म उनले जम्मा एक सय १४ रन बनाए ।

विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान तथा ब्याटर विराट कोहली समेत यस सिजन ‘फ्लप’ रहेका छन् । विराटलाई बैंगलोरले १५ करोड (भारु)मा रिटेन गरेको थियो । उनले यस सिजन सात खेलमा मात्र सर्वाधिक ४८ रन बनाएका छन् । हालसम्म एक सय १९ रन बनाएका रोहितको औषत प्रदर्शन १९ दशमलब ८३ रहेको छ ।

मोहम्मद सिराज

मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले सात करोड (भारु) मा रिटेन गरेको थियो । उनी समेत ‘फ्लप’ सूचिमा चौथो नम्बरमा छन् । सिराजले यस सिजन सात खेलमा ६ विकेट लिएका छन् । यस सिजन उनले नौ दशमलव ८९ इकोनोमीमा रन खर्चिएका छन् ।

रविन्द्र जडेजा

रविन्द्र जडेजाले यसपटक चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनलाई यस सिजन १६ करोड (भारु) मा रिटेन गरेको थियो । जडेजाले यस सिजन ६ खेलमा पाँच विकेट लिएका छन् र ८८ रन बनाएका छन् ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested