English

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक



फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि फिल्म छनोट भएको छ ।

फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मसले निर्माण गरेको महानगरको लेखन निर्देशन मोहन राईले गरेका हुन् भने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् ।

फिल्मको प्रर्दशन निकट भविष्यमा गर्नका लागि तयारी भइरहेको कार्यकारी निर्माता गोविन्द पराजुलीले बताएका छन् ।

यो पनि…
एउटा ढुङ्गाले गर्छ किराती सभ्यताको बयान
‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested