English

चीनको छिङदाओमा कूटतीतिक चार्टर उडान



परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ मा चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गर्यो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार राति स्थानीय समय ११ बजे प्रस्थान गरेको थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कोदिन बिहान स्थानीय समय ७.५५ मा अवतरण गरिएको छ ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि २६ साउन २०७९ मा स्थानीय समय अपरान्ह तीन बजे प्रस्थान गर्ने उडान मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किने र सोहि दिन अपरान्ह काठमाडौं आइपुगेका छन् ।

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।

यो पनि…
महामारी अवधिमा हिमालय एअरलाइन्सले के गर्यो ?
यसकारण हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणिकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती