English

महामारी अवधिमा हिमालय एअरलाइन्सले के गर्यो ?



सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै हिमालय एअरलाइन्सले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको छ ।

सुरक्षित र दिगो हवाई यातायात उद्योगको भविष्यको बृद्धिलाई टेवा पुर्याउने कार्यमा मद्दत गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग निकटतम घनिष्ठताका साथ काम गर्न सधैं उत्सुक रहेको बताउँदै हिमालय एअरलाइन्सले स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालय एअरलाइन्स् सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न रहेको जनाएको छ । विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ ।

हिमालय एअरलाइन्सले सार्वजनिक गरेको यो पहिलो प्रतिवेदन हो, जसले यस एअरलाइन्सको दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिएको छ ।

हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेश श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो ।

प्रतिवेदन विमोचनमा एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख दलीले भनिन्, कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ ।

कार्यक्रममा मन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख श्रेष्ठले समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध भएको बताए ।

आज सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ–सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भए । त्यस्ता सत्कर्मतर्फ हिमालय एअरलाइन्स् अझ वृहतरुपमा अगाडि बढ्यो । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले गर्यो ।

यस एअरलाइन्सले जनाए अनुसार,विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था “प्रयास नेपाल”लाई पनि साथ दिंदै आएको छ र बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

यो पनि…
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स
विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती