English

यसरी छुटकारा पाउनुहोस् घमौरा तथा शरीर चिलाउने समस्याबाट



गर्मीको मौसममा धेरैजसो बालबालिकालाई घमौरा आउने समस्या हुन्छ । घमौरा आउँदा छाला चिलाउने पोल्ने आदि पनि हुन्छ । बच्चाहरूको छाला एकदमै कोमल हुने भएकोले उनीहरूलाई घमौराको समस्या बढी हुन्छ । घमौरा आउँदा छाला पोल्ने, चिलाउने समस्याले बच्चाहरू रोइरहन्छन् । केही घरेलु उपायले पनि घमौरा कम गर्न सहयोग गर्छ ।

चिसो दहीको मसाज

घमौराबाट छुटकारा पाउन चिसो दही एकदमै फाइदाजनक हुन्छ । आधा कचौरा दही र त्यसमा पुदिनाको पाउडर मिसाउनुहोस् । र, राम्ररी मिक्स गरेर पेस्ट बनाउनु होस् । अब त्यो पेस्ट घमौरा आएको ठाउँमा हल्का हातले लगाउनुहोस् । केही समय पछि नुहाउनुहोस् । यो पेस्टलाई दिनमा एकपटक लगाउनुहोस् ।

बरफको प्रयोग

यदि तपाईंलाई घमौराले धेरै नै सताइरहेको छ भने, दुई वा तीन वटा बरफको क्युब लिनुहोस् र त्यसलाई एउटा सुतीको कपडामा बाँध्नुहोस् । अब बिस्तारै त्यसलाई घमौरा भएको ठाउँमा राखेर हल्का मसाज गर्नुहोस् । यसो गर्दा ५ देखि १० मिनेटमा नै तपाईंले राहत पाउनुहुनेछ ।

काँक्रोको प्याक

एउटा काँक्रो लिनुहोस्, त्यसको गुदी निकालेर त्यसमा चन्दन पाउडर मिसाउनुहोस् । अब यो पेस्टलाई फ्रिजमा राख्नुहोस् । पेस्ट अलि चिसो भएपछि फ्रिजबाट निकालेर घमौरा भएको ठाउँमा लगाउनुहोस् । यो पेस्ट सुकेपछि बल्ल नुहाउनुहोस् । यसो गर्दा छालामा शितलता प्राप्त हुन्छ र घमौरा छिटो निको हुन्छ ।

ओटमिलको प्याक

आधा कचौरा चिसो दूधमा एक चम्चा ओटमिल मिसाउनुहोस् । अब त्यसलाई फ्रिजमा राख्नुहोस् । चिसो भएपछि फ्रिजबाट निकालेर घमौरा भएको ठाउँमा लगाएर १० देखि १५ मिनेट मसाज गर्नुहोस्, त्यसपछि नुहाउनुहोस् । यो प्याकको प्रयोग तपाईं दिनको दुई पटक पनि गर्न सक्नु हुन्छ । यसले तपार्इंको छालालाई मुलायम पनि बनाउँछ र घमौराको समस्या पनि कम हुन्छ ।

मेवा तथा गहुँको पिठो

पाकेको मेवा एक टुक्रा पिसेर त्यसको पेस्ट बनाउनु होस् । अब त्यसमा गहुँको पिठो मिसाउनु होस् । यो पेस्टलाई घमौरा भएको ठाउँमा लगाएर हल्का मसाज गर्नुहोस् । २० मिनेट पछि नुहाउनुहोस् । यसले तपाईंलाई धेरै राहत मिल्ने छ । मेवाले तपाईंको छालामा शितलता दिन्छ र गहुँको पिठोले मृत छालालाई निकाल्छ । यो पेस्टको प्रयोग पनि तपाईं दिनमा दुई पटक गर्न सक्नु हुनेछ ।

माथि उल्लेखित घरेलु उपायहरूबाट पनि घमौराको समस्या कम भएन भने डाक्टरको सल्लाह लिनु पर्दछ । घमौराबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको शरीरलाई सफा राख्ने नै हो । तपार्इंलाई घमौरा आउने समस्या छ भने गर्मी मौसममा घर बाहिर कम समय बिताउनु पर्छ । र, दिनमा एकपटक नुहाउनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले