पूर्वाधार र उपकरण भए पनि जनशक्ति सिमित

भैरहवा आसपासबाट मात्र होइन भारतबाट समेत भीम अस्पतालमा बिरामी आउँछन्


भीम अस्पतालले साउनदेखि सिकलसेलका बिरामीलाई लक्षित गर्दै परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सिटी स्क्यान सेवाका लागि उपकरण पनि जडान गर्दैछ । दैनिक रुपमा एक सयभन्दा बढी बिरामीको आँखा, दाँत र सर्पदंशको उपचार पनि गरिरहेको छ । यहाँ बहिरंग सेवा, प्रसुति सेवाका बिरामी पनि उत्तिकै पुग्छन् ।

बिरामी बढ्दै जाँदा सेवा थपिनु राम्रो हो । तर, बिरामी र सेवा विस्तारको तुलनामा जनशक्ति नथपिदा गुणस्तरी सेवा उपलब्ध हुन सकेको छैन । अस्पताल व्यवस्थापनले पनि जनशक्ति अभावका बाबजुद सेवाहरू विस्तार गरिरहेको छ ।

तत्कालिन प्रधानमन्त्री भीम शमशेरको शासनकालमा ८८ वर्षअघि तीन शैय्याबाट सुरू भएको अस्पताल ०३५ सालमा १५ शैय्यामा विस्तार भयो । यस्तै, ०४१ सालमा २५ शैय्या र आव ०७७\७८ देखि ५० शैय्यामार्फत सेवा दिइरहेको छ । यो अस्पताललाई एक सय शैय्यामा सञ्चालन गर्न सरकारले घोषणा गरिसकेको छ ।

नेपाल सरकारको प्रस्तावित ५० शैय्या र अस्पताल विकास समितिको आर्थिक स्रोत एवं व्यवस्थापनबाट थप गरी अहिले अस्पतालमा कूल १२० शैय्या संचालनमा छन् । स्वीकृत प्राप्त भए पनि सिमित जनशक्तिमा (दरबन्दीअनुसारको जनशक्ति नभए पनि) सञ्चालित छ ।

अस्थाई दरबन्दी ७१ जनाको, कार्यरत १९ जना

२५ शैय्याको हुँदा ४२ जनाको दरबन्दी भए पनि २३ जना मात्रै स्वास्थ्यकर्मी थिए । अहिले अपग्रेड गरेर ५० शैय्यामा अस्पताल सञ्चालित छ । ७१ जनाको अस्थायी दरबन्दी भए पनि १९ जना मात्रै छन् ।

यस्तै, सिओएनएस, एसएसयु, ओसिएमसीलगायत कार्यक्रमअन्तर्गतका १४ जना, अस्पताल व्यवस्थापन समितिबाट २८ जना, स्थायी दरबन्दीका २३ जना, करार दरबन्दीका १२ जना, दैनिक ज्यालादारीमा ६ जना जनशक्ति अस्पतालमा छन् ।

लुम्बिनी प्रदेश सरकारले दरबन्दी अनुसारको सहमति नदिँदा पनि अभाव भएको हो । अस्पताल प्रशासनले प्रस्ताव पठाउँदा समेत प्रदेशले सहमति दिएको छैन । यसका अलावा छात्रवृत्ति करारका नौ स्वास्थ्यकर्मी, मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका जनशक्ति पनि अस्पतालमा छन् ।

अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट व्यवस्थापन सरकारबाट भएकोले यसबाट पनि केही ज्यालादारीमा कर्मचारी व्यवस्थापन गरिएको छ । करारमा जनशक्ति व्यवस्थापन गरेर अस्पतालले सेवा दिइरहेको छ ।

दुई बिगाहा एक कठ्ठा, १० धुर क्षेत्रफलमा रहेको अस्पताल भौतिक पूर्वाधार र उपकरणहरू प्रशस्तै छन् । वहुवर्षीय गुरुयोजना नै बनाई केही भवन निर्माणाधीन र निर्माणको प्रक्रियामा छन् भने अत्याधुनिक उपकरणहरू जडान पनि भैरहेका छन् । तर, जनशक्ति हेर्ने हो भने २५ शैय्या पनि राम्रोसँग सञ्चालन नहुने अवस्था छ ।

पुर्वाधार र उपकरणका बाबजुद पनि जनशक्तिको मारमा निजी अस्पतालमा स्वास्थ्य उपचारका लागि जानु पर्ने बाध्यता छ । सिमित शुल्कमा गुणस्तरीय सेवा दिन अस्पताल सक्षम भए पनि जनशक्ति अभावकै मारमा कतिपय सेवाले निरन्तरता पाउन सकेका छैन । ‘सिमित जनशक्तिको अधिकतम प्रयोग गरी सेवा दिइरहेका छौँ,’ अस्पतालकी मेसु शकुन्तला गुप्ताले भनिन् । अस्पताल सुधारका लागि योजनाबद्ध ढङ्गले काम अगाडि बढेको छ । अस्पतालभित्र सुधार देखिने गरी काम भइरहेको मेसु गुप्ताले बताइन् ।

सरकारी अस्पताल भन्ने दृष्टिलाई चिर्न पनि सबैको लागि विशिष्टिकृत सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । आकस्मिक सेवामा आईसियु सहितको अत्याधुनिक सुविधासँगै २४ घण्टे सेवामा प्रयोगशाला सेवा, फार्मेसी, एक्स रे, प्रसुति लगायतका सेवा छन् ।

गुप्ताका अनुसार अस्पतालमा प्रयोगशाला, अन्तरंङ सेवा, रेडियोलोजी, फार्मेसी, विशेषज्ञ सेवामा स्त्री रोग, बाल रोग, नाक कान घाँटी रोग र छाला रोगको सेवा छ । यस्तै, अपथाल्मोलोजी,फिजियोथेरापी, निःशुल्क प्रसुति सेवा, दन्त उपचार, एकद्वार संकट व्यवस्थापन केन्द्र, अप्रेसन, कोभिड वार्ड, सुरक्षित गर्भपतन, खोप एवं गर्भ परीक्षण, सामाजिक सेवा इकाई, क्षयरोग तथा कुष्ठरोग उपचार सेवा, बिमामार्फत उपचार सेवा समेत प्रदान भइरहेको उनले जानकारी दिइन ।

अस्पतालले हाल बहिरंग, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, इसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिँदै आएको प्रशासन अधिकृत गोविन्द ज्ञवालीलले बताए । यस्तै, दन्त उपचार सेवा, फिजियोथेरापी सेवा, अप्थाल्मोलोजी (आँखा) सेवा, नवजात शिशुको लागि हेरचाह गर्ने एसएनसियु सेवा, अप्रेशनलगायतका सुविधा पनि सञ्चालनमा रहेको छ ।

भैरहवा आसपासबाट मात्र होइन भारतबाट पनि समेत यहाँ स्वाास्थ्य सेवा लिन बिरामीहरू आउने गरेको भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । उनले भने, ‘दैनिक औसतमा तीन सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।’ केही वर्षमै यो अस्पताल अत्याधुनिक बन्ने उनको भनाइ छ । सिमित स्रोत साधानमा समेत उत्कृष्ट सेवा दिइरहेको उनको भनाइ छ ।

यो पनि
…अनि बढायो सरकारले मानसिक अस्पतालप्रति चासो
आयुर्वेदिकभन्दा एलोपेथिक औषधिको आकर्षण किन ?




Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका

Suggested