English

अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीन



चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने विश्वास व्यक्त गरेकी छन् । 

हामी विश्वास गर्छौं कि नेपाल सरकार र नेपाली जनताले एक चीन नीतिको पालना गरिरहनेछन्, चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।

‘एक चीन नीतिको पक्ष र स्वतन्त्र ताइवान पक्षधरको विरुद्धमा नेपालले लामो समयदेखि लिंदै आएको प्रतिवद्धताको चीनले उच्च प्रशंसा गर्दछ । यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो,’ राजदूत यान्छीले भनेकी छन्, ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र नेपाली जनताले एक चीन नीतिको पालना गरिरहनेछन्, चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’ 

राजदूत यान्छीले नेपाल र चीन असल छिमेकी, भरपर्दो साथी र साझेदार भएको बताएकी छन् । दुवै देशले सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मुद्दामा एकअर्कालाई बुझेको र समर्थन गर्दै आएको पनि उनले जनाएकी छन् । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान आएकी थिइन् । उनको भ्रमणलाई लिएर चीनले कडा शब्दमा विरोध जनाएको छ ।

यसबैबीच राजदूत यान्छीले पेलोसीको ताइवान भ्रमण एक चीन नीति र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लङ्घन भएको बताएकी हुन् । पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लङ्घन गरेको दाबी उनले गरेकी छन् । 

राजदूत यान्छीले विश्वमा एउटै मात्र चीन रहेको र ताइवान चीनको भूभागको अविभाज्य भाग भएको बताएकी छन् । यसलाई सन् १९७१ को संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २७५८ ले स्पष्ट रूपमा मान्यता दिएको समेत उनले जनाएकी छन् । 

‘सभामुख पेलोसी अमेरिकी कांग्रेसको वर्तमान नेता भएकोले, उनको भ्रमण र ताइवान गतिविधिहरू जुनसुकै रूपमा र जुनसुकै कारणले गरिएको भएपनि यो राजनीतिक उत्तेजना मात्र हो । चीनले यसलाई पूर्ण रूपमा स्वीकार गर्दैन र चिनियाँ जनताले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्,’ राजदूत यान्छीले भनेकी छन् । 

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता रहेको उनले जनाएकी छन् । मातृभूमिको पूर्ण एकीकरणलाई साकार पार्नु सबै चिनियाँ जनताको साझा आकांक्षा र पवित्र जिम्मेवारी रहेको दाबी उनको छ ।

‘अमेरिकी सभामुखको भ्रमणको प्रतिक्रियास्वरूप चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजाहरू अमेरिकी पक्ष र ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूले वहन गर्नुपर्छ,’ राजदूत यान्छीले भनेकी छन् । 

चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो ।

उनले ताइवान प्रश्न विशुद्ध रूपमा चीनको आन्तरिक मामिला रहेको बताएकी छन् । उनले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेकी छन् । अमेरिकाले कुनै पनि रूपमा ‘स्वतन्त्र ताइवान’ पृथकतावादी शक्तिहरूलाई समर्थन र सहयोग गर्न बन्द गर्नुपर्ने उनले बताएकी छन् । 

अमेरिका उत्तेजक, चीन पीडितः बेइजिङ

ताइपेय–ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाई आएको हो ।

‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित ब्रिफिङमा भनिन् ।

उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । अमेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो ।’

सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ । उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ

ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्याएकी छिन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्याएकी हुन् ।

चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाइन् । ‘हामी लोकतन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौं’ उनले भनिन् ।

उनले ‘महत्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यबाद दिइन् ।

साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थिइन् । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएकी छिन् ।

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।
ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा हेर्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गर्दै आएको छ ।

ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेपकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरित हुने जनाएको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले बुधबार विज्ञप्ति जारी गरी अमेरिका स्वयंले विगतमा ‘एक चीन नीति’लाई स्वीकार गरे र अहिले ‘चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग’ बनाउने अभिव्यक्ति दिनु गलत भएको जनाएका छन् । यस्तो साम्राज्यवादी आक्रामक नीतिको नेमकिपाले निन्दा गर्ने उल्लेख छ । यो कार्य विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरित भएको पनि पार्टीले जनाएको छ ।

अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको छ । चीन घेर्ने नीतिअन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य गरिरहेको विज्ञप्तिमा भनिएको छ । चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शित युद्’ को अभ्यास गर्ने कार्य गर्दै आएको नेमकिपाको आरोप छ ।

यो पनि
चन्द्रमामा अधिपत्य जमाउने चीनको प्रयास !
ओली र प्रचण्ड फकाउँदै चीन




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,