English

नेपाली सेनाले झुट बोल्यो कि अमेरिकाले ?



अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ मा नै नेपाली सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक गरिएपछि यो बिषय झनै पेचिलो बन्न थालेको छ ।

आज सार्वजनिक गरिएको पत्रमा सेनाले २०७२ कात्तिक १० मा नेपालका लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको प्रष्ट उल्लेख गरिएको छ ।

पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । सेनाले परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाएका छैनन् । उनले सिधै राजदूतलाई सम्बोधन गरी पत्र पठाएको देखिन्छ । उनले रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई बोधार्थ भने दिएका छन् ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेख्दा मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओली नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ मा पहिलो पटक देशको प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री बनेको १५ दिनपछि सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बुधबार पत्रकार सम्मेलन गरी एसपीपीमा सहभागी हुन नेपाल सरकार र नेपाली सेनाले प्रयास गरेको र त्यसलाई सन् २०१९ मा अमेरिकाले स्वीकृति दिएको दावी गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौता गर्न लागेको सूचना बाहिरिएपछि यसको चौतर्फी विरोध भएको थियो । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले यसको विरोध जनाउँदै एसपीपी सम्झौता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

एसपीपी धेरै विरोध भएपछि अमेरिकी दूतावासले हिजो पत्रकार सम्मेलन गरयो । पत्रकार सम्मेलनमा दूतावासले एसपीपी सम्झौताको प्रस्ताव अमेरिकाले गरेको नभई नेपाली सेना र नेपाल सरकारले गरेको दावी गरेको थियो ।

अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेको केही मिनेटपछि नै नेपाली सेनाले त्यसको खण्डन गरेको थियो । सेनाले हिजो नै एक विज्ञप्ति जारी गरी एसपीपी सम्झौता गर्न सेनाले हालसम्म कुनै प्रक्रिया अघि नबढाएको र यस्तो सम्झौता गर्न नहुने स्पष्ट शब्दमा भनेको थियो । सेनाले एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया अघि नबढेको दावी पनि गरेको थियो ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको’ सेनाको भनाई थियो ।

तर भइदियो के भने सेनाले विज्ञप्ति जारी गरेको एक दिन पनि नबित्दै २०७२ कात्तिक १० को मितिमा सेनाले अमेरिकी राजदूतलाई पठाएको पत्र आज सार्वजनिक भयो । पत्रमा नेपाललाई एसपीपीमा सहभागी गराउन अनुरोध गरिएको छ ।

उक्त पत्रबारे यो समाचार लेख्दासम्म सेनाले कुनै प्रतिक्रिया जनाएको छैन ।

यो पनि…
एमसीसी अनुमोदन भए नेपालमा के हुन्छ ?
एमसीसी विवादले वैदेशिक सहायतामा असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो