English

एमसीसी अनुमोदन भए नेपालमा के हुन्छ ?



अमेरिकासँग भएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्न सत्तारुढ दलहरू लागिपरेका छन् । २०७४ भदौ २९ गते अर्थ मन्त्रालयको टोलीले अमेरिका नै पुगेर कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो ।

तर, ५४ महिनासम्म भू-राजनीतिका कारण एमसीसी सम्झौताअनुसार अघि बढाउने भनिएका पूर्वाधार विकास निर्माणका काम रोकिएका छन् ।

समर्थन र विरोधबीच एमसीसी सम्झौता विकास निम्ति आएको अनुदानभन्दा पनि अमेरिकी ‘रणनीतिक पासो’का रूपमा व्याख्या भइरहेको छ ।

कार्यकर्तालाई सम्झौताको विरोध गर्न लगाएर उता एमसीसी मुख्यालयलाई संसदीय अनुमोदन गर्न समय माग्दै मर्यादा मिचेर पत्र पठाएपछि दलका शीर्षस्थ नेताहरू नै यो पासोमा फसेका हुन् ।

कार्यकर्तालाई सम्झौताको विरोध गर्न लगाएर उता एमसीसी मुख्यालयलाई संसदीय अनुमोदन गर्न समय माग्दै मर्यादा मिचेर पत्र पठाएपछि दलका शीर्षस्थ नेताहरू नै यो पासोमा फसेका हुन् । त्यसैले, एमसीसीलाई विकासे सहायताभन्दा बढी राजनीतिक कोपभाजनमा फसेको सम्झाैता मान्न सकिन्छ ।

अमेरिकास्थित एमसीसी मुख्यालयले सोमबार (फागुन १६) सम्म नेपालको संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन नगरे फिर्ता लिने चेतावनी दिइसकेको छ । अमेरिकाले दिएको टाइमलाइन घर्किन लाग्दा दलहरू पनि विवादको घानमा थप नफस्ने बाटोबाट एमसीसी अनुमोदनतर्फ अघि बढेका हुन् ।

अनुमोदन भए नेपालमा के-के काम हुन्छ ?

अब समर्थन र विरोधबीच नै एमसीसी सम्झौता संसद्बाट अनुमोदन भए नेपालमा विकासका के काम हुन्छ त ? विरोध र आलोचनाबारे मात्रै चर्चा सुनेका सर्वसाधारणलाई यसबारे थाहा नहुन सक्छ ।

सम्झौताभित्र भएका भनिएका ‘कुटिलता’ वा ‘अमेरिकी स्वार्थ’ लगायत विवादका विषयलाई पर राखेर हेर्दा नेपालले एमसीसी कम्प्याक्ट सम्झौतामार्फत विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नति निम्ति अनुदान रकम परिचालन गर्नेछ ।

सम्झौताभित्र भएका भनिएका ‘कुटिलता’ वा ‘अमेरिकी स्वार्थ’ लगायत विवादका विषयलाई पर राखेर हेर्दा नेपालले एमसीसी कम्प्याक्ट सम्झौतामार्फत विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नति निम्ति अनुदान रकम परिचालन गर्नेछ ।

यसका लागि अर्थ मन्त्रालय मातहत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले हाल परियोजना कार्यान्वयन पूर्वको काम गरिरहेको छ ।

३१५ किमि प्रसारणलाइन

एमसीसी सम्झौता अनुमोदन गरेपछि एमसीए नेपालले विद्युत् प्रसारणलाइन र सडक निर्माण गर्नेछ । काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीदेखि नुवाकोटाको रातमाटे हुँदै बुुटवलबाट गोरखपुरसम्म ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्ने एमसीए नेपालले जानकारी दिएको छ । प्रसारणलाइनको क्षमता ४०० केभीए हुनेछ ।

प्रसारणलाइन र सडकका लागि आवश्यक जग्गा अधिग्रहणदेखि निर्माणसम्मका काम एमसीए नेपालमार्फत नै अघि बढाइनेछ । नुवाकोटको बेलकोटगढी–७ मा सबस्टेशन बनाउन एमसीए–नेपालले ३९८ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यसैगरी, दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म महेन्द्र राजमार्ग स्तरोन्नति (मुख्य काम कालोपत्रे) गर्न पनि एमसीसी सम्झौता अन्तर्गतकै रकम खर्च गरिनेछ । ७७ किलोमिटर सडक खण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न एमसीए–नेपालले अहिले डिजाइन गरिरहेको जनाएको छ ।

प्रसारणलाइन र सडकका लागि आवश्यक जग्गा अधिग्रहणदेखि निर्माणसम्मका काम एमसीए नेपालमार्फत नै अघि बढाइनेछ । नुवाकोटको बेलकोटगढी–७ मा सबस्टेशन बनाउन एमसीए–नेपालले ३९८ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

नेपालको साढे १५ खर्च

एमसीसी सम्झौताअन्तर्गत अघि बढाइने परियोजनाहरूमा अमेरिका दिएको ५० करोड डलर मात्रै खर्च हुने छैन । नेपाल सरकारको स्रोतबाट पनि थप १३ करोड अमेरिकी डलर (झन्डै १५ अर्ब) खर्च हुनेछ । अमेरिकासँग ५९ करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता गरे पनि नेपाल सरकारको १३ करोडसहित एमसीए नेपालले ६३ करोड अमेरिकी डलर (करिब ७५ अर्ब रुपैयाँ) खर्च गर्नेछ ।

प्रसारणलाइनमा २०३ मिलियन, प्रसारणलाइनको सबस्टेसनमा ११४ मिलियन र सडकमा ४४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको भनाइ छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले हालसम्म परियोजना कार्यान्वयनका लागि बिडिङ नभइसकेकाले प्रसारणलाइन र सडकमा हुने खर्च अनुमान मात्रै गरिएको बताए । प्रसारणलाइनमा २०३ मिलियन, प्रसारणलाइनको सबस्टेसनमा ११४ मिलियन र सडकमा ४४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको विष्टको भनाइ छ ।

एमसीए नेपालका सूचना अधिकृत राजीव दाहालले नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगलाई पनि एमसीए नेपालले प्राविधिक लगायत सहायता उपलब्ध गराउने जानकारी दिए । यी दुई निकायमा करिब २०० मिलियन अमेरिकी डलर खर्च हुनेछ । जग्गा अधिग्रहणलगायत परियोजना विकासका विभिन्न सहायक काममा पनि एमसीए नेपालले रकम खर्च गर्नुपर्ने दाहालले बताए ।

यो पनि
एमसीसी विवादले वैदेशिक सहायतामा असर
माओवादी केन्द्र पनि एमसीसी अनुमोदन गर्ने पक्षमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested