नेपालको एमसीसीबारे चीन र अमेरिकाबीच जुहारी



अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे चीनले अमेरिकालाई बीचको जुहारी पुनः सुरु भएको छ । 

बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् ।

चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी अनुमोदन नगर्न दबाब दिएकी हुन् ।

‘अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटमको प्याकेजको साथ उपहार कसरी आउँछ ?,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले प्रश्न गरिन् ।

‘अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटमको प्याकेजको साथ उपहार कसरी आउँछ ?,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले प्रश्न गरिन् ।

उनी यत्तिमै रोकिइनन् । उनले एमसीसी अनुमोदन नगर्न नेपाललाई पनि दबाब दिइन् ।

‘यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ? के यो ‘उपहार’ हो वा पन्डोराको बक्स ?,’ उनले नेपाललाई एमसीसी अस्विकार गर्न दबाब दिइन् ।

एमसीसी नेपाली भनाई ‘राम्रो देखिन्छ, तर मासु चपाउन गाह्रो हुनेछ’ भनेजस्तो हुनेमा आफूलाई डर लागेको समेत उनले बताइन् ।

पत्रकार सम्मेलनमा उनले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी कम्प्याक्टलाई नेपालले अनुमोदन नगरे द्विपक्षीय सम्बन्धमा असर पर्ने भनी दिएको अभिव्यक्ति समेत स्मरण गरेकी थिइन् ।

‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ । सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ,’ प्रवक्ता हुवा छुनयिङले भनिन् ।

जबरजस्ती कूटनीति र स्वार्थका आधारमा अन्य देशको सार्वभौमसत्ता र हितको उल्लंघन हुनेगरी विकास सहयोग दिन नहुने उनले बताइन् ।

‘नेपालको निकट छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र नेपालको सामाजिक आर्थिक विकासमा आफ्नो क्षमताले सक्दो सहयोग गर्ने छ,’ उनले जनाइन् ।

केही दिनअघि अमेरिकाले चीनको दबाबमा नेपालले एमसीसी अस्वीकार गर्न लागेको आरोप लगाएको थियो । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन नभए नेपाल–अमेरिका सम्बन्धलाई पुर्नविचार गर्नेसम्मको धम्की दिएको थियो ।

‘नेपालको निकट छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र नेपालको सामाजिक आर्थिक विकासमा आफ्नो क्षमताले सक्दो सहयोग गर्ने छ,’ हुले जनाइन् ।

केही दिनअघि अमेरिकाले चीनको दबाबमा नेपालले एमसीसी अस्वीकार गर्न लागेको आरोप लगाएको थियो । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन नभए नेपाल–अमेरिका सम्बन्धलाई पुर्नविचार गर्नेसम्मको धम्की दिएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीबारे बहस हुँदैछ । सरकारले बिहीबार नै प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेको समयमा चीनबाट यस्ताे भनाइ आएको हो ।

यो पनि
एमसीसी टाइमलाइन : कहिले के भयो ?
केपी ओली भन्छन्- एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध