English

चन्द्रमामा अधिपत्य जमाउने चीनको प्रयास !



के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ ।

नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए । उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे । नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ ।

चीनले चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ । प्राकृतिक उपग्रह लिने बेइजिङको एजेन्डाको बारेमा अमेरिकी अन्तरिक्ष प्रशासन धेरै चिन्तित रहेको नासाका प्रमुखले स्वीकार गरेका छन् ।

‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे । चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए । जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको बताउँछ । उसले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

अमेरिकी नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन ।

हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गति बढाएको छ । चीनले सन् २०१३ मा कारिन्दारहित यान अवतरण गरायो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकी नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन । ’

चीनले यो दशकपछि चन्द्रमाको दक्षिणी ध्रुवमा क्रुबिनाको मिसनको योजना बनाइरहेको छ ।

यो पनि…
चन्द्रमामा चीन र रुसको ‘रिसर्च सेन्टर’: अमेरिकालाई चिन्ता
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested