English

चन्द्रमामा चीन र रुसको ‘रिसर्च सेन्टर’: अमेरिकालाई चिन्ता



केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो । तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेको छ । हालै चीनले आफूँ र रुस मिलेर चन्द्रमामा २०३५ सम्ममा एक रिसर्च सेन्टर निर्माण गर्ने बताएको छ ।

चीनको घोषणाले सबैभन्दा बढी अमेरिकाको टाउको दुखेको छ । चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस एजेन्सी नासालाई टक्कर दिने बताइएको छ । चीनको स्पेस एजेन्सी चाइना नेसनल स्पेस एड्मिनिस्ट्रे (सीएनएसए)का अधिकारीहरूले शुक्रबार इन्टरनेसनल लुनर रिसर्च स्टेसन (आईएलआरएस) निर्माण गर्ने योजनाको पुष्टि गरेका हुन् ।

सीएनएसएका उपनिर्देशक वु यानहुआले पेइचिङमा मिडियासँग भने, ‘रुस र चीनको लक्ष्य २०३५ सम्म आईएलआरएसको सम्पूर्ण ढाँचाको निर्माण गरिसक्नु रहेको छ ।’

आईएलआरएसले नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ, जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ ।

आईएलआरएसले नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ, जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ । तथापि, नासाको लुनर गेटवेले केवल चन्द्रमाको परिक्रमा गर्नेछ, आईएलआरएसले परिक्रमाका साथै चन्द्रमो सतहमा अन्य खोजीसमेत गर्नेछ ।

ब्लुमबर्ग क्विन्टको रिपोर्टमुताबिक, रुस र चीनको आगामी लक्ष्य चन्द्रमामा अन्य निर्माणसमेत गर्ने रहेको छ, जसमा ऊर्जा, सञ्चार तथा लाइफ सपोर्टिङ सिस्टमसमेत सामेल छ ।

अन्य देश पनि सहभागी हुन सक्ने

आईएलआरएसको ढोका अन्य देशका लागि पनि खुला रहेको बताइएको छ । यानहुआले भने, ‘हामी अन्तर्राष्ट्रिय सहयोगीहरूको व्यापक सहभागिताको स्वागत गर्दछौं ।’

यो परियोजना मार्च २०२१ मा रुस र चीनबीच भएको एक सम्झौताबाट सुरु भएको थियो । यसअघि रुसले नासाको गेटवे प्रोग्राममा सहभागी हुने इच्छा देखएको थियो । २०१७ मा रुसको स्पेस एजेन्सी रोस्कोस्मोस र नासाले संयुक्त ज्ञापनपत्र पनि प्रकाशित गरेका थिए । तर पछि जनवरी २०२१ मा रुसले नासासँग सहकार्य नगर्ने घोषणा गरेको थियो ।

यो पनि…
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)
स्पेस एक्सको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा विस्फोटको जोखिम बढ्यो



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested