English

‘चीनको चिन्ता नेपालमा आईपीएसको हस्तक्षेप कसरी रोक्ने भन्ने छ’ – देव गुरुङ



माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए । २०७४ मा एकता भएको कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न भएको तथा एमालेविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससहितका दलसँग निर्वाचनमा तालमेल गर्ने सहमति भएका बेला गुरुङको चीन भ्रमणलाई लिएर चासो बढेको हो । नेता गुरुङसँग नेपाल मामिलामा चीनको चासो, चिन्तासँगै कम्युनिस्ट पार्टीहरूको एकतालगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

चीन भ्रमण कस्तो रह्यो ?

चीन भ्रमण मूलभूत रूपमा राम्रो रह्यो । ‘चाइना फाउन्डेस फर पिस एन्ड डेभलपमेन्ट’ भन्ने संस्थाको आमन्त्रणमा म गएको थिएँ । एउटा अन्तरक्रियाको आयोजना भयो । अन्तरक्रियाको मूल विषयवस्तु शान्ति र विकासका लागि जोड दिनुपर्छ भन्ने थियो । कोभिड महामारीको समयमा शान्ति र विकासको प्रक्रियामा अवरोध पैदा भयो, अब सबै मिलेर कोभिड नियन्त्रण गर्ने क्रममा छ भन्ने कुरा भयो ।

नेपाल मामिलामा चीनले धेरै नै चासो देखाएको भन्ने चर्चा छ नि ?

अमेरिकाले ‘इन्डो प्यासिफिक’ (हिन्द–प्रशान्त) क्षेत्रमा रणनीतिक अभियान सुरू गरिराखेको छ । त्यसले यस क्षेत्रको शान्ति र विकासमा गम्भीर असर पार्ने देखिन्छ, द्वन्द्व निम्त्याउन सक्ने खतरा छ । परिणामतः असुरक्षा र अशान्ति निम्तिन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गर्‍यो । एमसीसीमा मुख्य चासो रह्यो ।

आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी)ले हिन्द–प्रशान्त क्षेत्रमा यहाँको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा युद्ध आतंक खडा गरेर शान्ति र विकासलाई अवरुद्ध पार्न सक्ने खतरा चाहिँ छ भन्ने पनि चीनको चिन्ता रहेछ ।

बिहान–दिउँसो–साँझ खानपिन र चियापानको समयमा अनौपचारिक कुरा सुन्दा आईपीएसको एउटा अंग एमसीसी पास गर्ने/नगर्ने तपाईंहरूकै कुरा रह्यो । तर, पास गर्दा आईपीएसको लागि बाटो खुल्यो । अब, १२ बुँदे व्याख्यात्मक घोषणाले रोक्ने त देखिन्छ । तर, १२ बुँदे सम्झौतालाई अमेरिकाले मान्ने सम्भावना देखिँदैन । किनभने अमेरिकाले थुप्रै अन्तर्राष्ट्रिय सन्धिलाई उल्लंघन गरिरहेको छ ।

भनेपछि १२ बुँदे व्याख्यात्मक घोषणा चाहिँ अमेरिकाले मान्ला कि नमान्ला ? प्रश्नवाचक चिह्न छ । त्यो स्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणाले आईपीएसको हस्तक्षेपलाई रोक्न सक्छ कि सक्दैन ? यसमा चीनको चिन्ता पाइयो ।

उसो भए चीन एमसीसी पास भएकोमा चिन्तित रहेछ होइन ?

उम्… पारित भएकोमा खुसी देखिँदैन ।

तपाईं चीन भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा थिए । तपाईंभन्दा पहिले एमाले नेता विष्णु पौडेल चीन भ्रमणमा हुनुुहुन्थ्यो । दुई देशका कम्युनिस्ट नेताहरूको भ्रमण एकपछि अर्को हुनुलाई के फेरि नेपालमा कम्युनिस्ट पार्टीहरू एक ठाउँमा ल्याउने गृहकार्य भइरहेको छ ?

विष्णु पौडेलजीको चीन भ्रमणबारे त हामीलाई जानकारी भएन । तर, यहाँ (नेपाल) आएपछि थाहा भयो कि उहाँ चार÷पाँच दिन अगाडि नै गएर आउनु भएछ । मेरो उहाँहरूसँग भेटघाट भएको पनि होइन । कुराकानी भएको पनि होइन । कुनै अन्तर्सम्बन्ध थिएन ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त नेपालमा कम्युनिस्ट पार्टीहरू मिलून्, सहकार्य गरून् भन्ने कुरा त कुनै नयाँ नौलो विषय होइन । यो पहिलेदेखि भन्दै आएको कुरा न हो ।

नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुन्छ, सहकार्य गर्दा राम्रो हुन्छ भन्ने सदाशय चीनको नयाँ होइन नि । त्यसकारण मूल कुरा आईपीएसको हस्तक्षेप कसरी रोक्न सकिन्छ ? रोक्ने उपायहरू के–के हुन सक्छन् ? जसले नेपालको स्वाधीनताको रक्षा हुन्छ ? यही प्रश्नहरूमा चीनको चासो हो ।

स्थानीय निर्वाचनबारे चीनको सल्लाह कस्तो रह्यो ?

त्यो त अब एक देशको कम्युनिस्ट पार्टीले अर्को देशको कम्युनिस्ट पार्टीहरूलाई निर्वाचनमा सहकार्य गर्दा राम्रो हुन्छ भन्ने कुरा नै भयो । मिल्ने/नमिल्ने कुरा त नेपालका कम्युनिस्ट पार्टीहरूको मामिला न भयो ।

यो पनि
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
‘योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन’ (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested