English

अस्ट्रेलियामा ‘बद्री बहादुर’



शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।

फिल्म रिलिजका लागि शोभित केही समयअघि अस्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । फिल्मको अझै तीन सहरमा समेत शो गरिनेछ । नेपालमा भने फिल्म चाँडै रिलिज हुनेछ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजयगोपाल दली र निर्माता मिथुन भोटे रहेका छन् ।

फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् । पिःल्ममा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

यो पनि…
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)
गीतमार्फत पीर–ब्यथा बिर्सिएर तीता मिठा कुरा गर्न आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested