English

सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



गायिका सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । आज (सोमबार) सुनिता दुलाल युट्युब च्यानलमार्फत गीतलाई स्रोता/दर्शकसमक्ष ल्याइएको हो ।

उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ/मास्टरिङको काम गरेका हुन् ।

गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर,मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन् ।

योसँगै यसपाली नि खाने दर, म त छम छम, तीजको आयो लहर, चुप्प म्वाइँ खाउँला आमा, सधैं तीजमा व्रत, पोहोरको तीजमा रातो, नाच्नलाई पैताला, यसपालीको तीजमा, अलि फरक भाकी छु, चुरा टिका लाली, अर्गानिक तीज, तीज भनेकै नाच्न गाउन, दर खाने दिन लगायतका चर्चा पाएका तीज गीत दुलालकै नाममा छन् ।

भिडियाे:



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

Latest










Popular
Suggested