English

सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



गायिका सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीत सार्वजनिक भएको छ । आज (सोमबार) सुनिता दुलाल युट्युब च्यानलमार्फत गीतलाई स्रोता/दर्शकसमक्ष ल्याइएको हो ।

उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ/मास्टरिङको काम गरेका हुन् ।

गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर,मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन् ।

योसँगै यसपाली नि खाने दर, म त छम छम, तीजको आयो लहर, चुप्प म्वाइँ खाउँला आमा, सधैं तीजमा व्रत, पोहोरको तीजमा रातो, नाच्नलाई पैताला, यसपालीको तीजमा, अलि फरक भाकी छु, चुरा टिका लाली, अर्गानिक तीज, तीज भनेकै नाच्न गाउन, दर खाने दिन लगायतका चर्चा पाएका तीज गीत दुलालकै नाममा छन् ।

भिडियाे:



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested