नियमित यौनसम्पर्क गर्नुका फाइदा



यौनले तपाईंको जीवनका धेरै पक्षमा महत्व राख्छ । यौन र यौनिकता जिन्दगीका पाटाहरू हुन् । प्रजननका लागि मात्र नभई आत्मीयता र खुशीका लागि पनि हो यौन । यौनिक गतिविधि, सम्भोगले शारीरिक, बौद्धिक, भावनात्मक, मनौवैज्ञानिक, सामाजिक जीवनलगायत सबै पक्षमा आश्चर्यजनक लाभ प्रदान गर्छ ।

त्यसैले, यौन स्वास्थ्य र शिक्षा अनि गर्भधारणका बारेमा बुझ्न मात्र आवश्यक छैन, यौन जीवनको एक अभिन्न अङ्ग पनि बन्न सक्छ भन्ने पहिचानको लागि पनि आवश्यक छ ।

कमजोर यौन जीवन भएकाहरूको भन्दा यौन जीवन सक्रिय भएकाहरूको खानपिन पनि राम्रो हुन्छ, व्यायाम पनि हुन्छ र उनीहरू शारीरिक रूपमा स्वस्थ्य पनि हुन्छन् ।

शरीरलाई हुने फाइदा

अमेरीकन सेक्सुवल हेल्थ एजुकेसनका अनुसार यौनलाई व्यायाम नभनिए पनि हृदयको लागि यो एक उत्तम व्यायाम हो, जुन पुरुष र महिला दुवैमा लागु हुन्छ । यौनबाट शरीरका लागि हुने केही फाइदा यस प्रकार छन्ः

– यौनले रक्तचाप कम गर्छ
– क्यालोरी कम गर्छ
– हृदयलाई स्वस्थ बनाउँछ
– मांशपेसी बलियो बनाउँछ
– स्ट्रोक र उच्च रक्तचाप जस्ता हृदयसँग सम्बन्धित रोग घटाउँछ
– कामेच्छा बढाउँछ

कमजोर यौन जीवन भएकाहरूको भन्दा यौन जीवन सक्रिय भएकाहरूको खानपिन पनि राम्रो हुन्छ, व्यायाम पनि हुन्छ र उनीहरू शारीरिक रूपमा स्वस्थ्य पनि हुन्छन् ।

बलियो प्रतिरक्षा प्रणाली

मानिसहरूको प्रतिरक्षा प्रणालीको विषयमा भएको एक अध्ययनअनुसार हप्तामा एक देखि दुई पटक अथवा नियमित सेक्स गर्ने व्यक्तिहरूमा आइजीए अर्थात इमुनोग्लोबिन ए बढी मात्रामा रहेको पाइयो । तर हप्तामा एक पटक भन्दा पनि कम सेक्स गर्नेहरूमा भने आइजीए कम भएको पाइयो । आइजीए यस्तो एन्टिबडी हो, जसले रोग निवारणमा भूमिका खेल्छ र एचभिपी अर्थात् ह्युमन पापीलोमा भाइरससँग पनि लड्छ ।

राम्रो निद्रा

सेक्स पश्चात शरीरमा अक्सीटिन हर्मोन उत्पन्न हुन्छ, जसलाई माया र आत्मीयताको हर्मोन पनि भनिन्छ । साथै, इन्डोर्फिन हर्मोन पनि उत्पन्न हुन्छ । यी दुबै हर्मोनको मिश्रणले शरीरलाई शान्ति प्रदान गर्छ । यसले राम्रो र मीठो निद्रा पनि लाग्छ ।

सेक्स पश्चात शरीरमा अक्सीटिन हर्मोन उत्पन्न हुन्छ, जसलाई माया र आत्मीयताको हर्मोन पनि भनिन्छ । साथै, इन्डोर्फिन हर्मोन पनि उत्पन्न हुन्छ । यी दुबै हर्मोनको मिश्रणले शरीरलाई शान्ति प्रदान गर्छ । यसले राम्रो र मीठो निद्रा पनि लाग्छ ।

राम्रो र मीठो निद्राले शरीरलाई धेरै कुरामा फाइदा पु¥याउँछ । जस्तै, बलियो प्रतिरक्षा प्रणाली, लामो आयु, आरामको महसुस, थकानबाट छुटकारा, माइग्रेन जस्तो टाउको दुख्ने रोगमा पनि सेक्सले औषधिको काम गर्छ । र, दिनको समयमा स्फूर्ति दिलाउँछ ।

सेक्सले महिला र पुरुष दुवैलाई फाइदा

पुरुषहरूमा यौन सम्पर्कका कारण प्रोस्टेट क्यान्सरको जोखिम कम हुन्छ । एक हप्तामा ४ देखि ७ पटक स्खलन गर्दा ७० वर्षको उमेर पुग्दा प्रोस्टेट क्यान्सरको जोखिम कम हुन्छ ।

महिलाको हकमा भने सेक्सले रक्त सञ्चालन तीब्र बनाउँदै दुखाई कम गर्ने रसायन उत्पादन गर्दछ । साथै मुत्राशय नियन्त्रणदेखि प्रजनन स्वास्थ्यमा सुधार, मांशपेशी बलियो बनाउँछ । गर्भाशयमा मासु पलाउने तथा इन्डोम्ट्रोसिसबाट पनि बचाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इन्टरनेट र सामाजिक सञ्जालको यो युगमा मानिसले जानेर नजानी धेरै गल्ती गरिरहेका छन् । यी मध्ये एउटा अग्लो तकिया लगाउने

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

हामी खानामा धेरै प्रकारका चीजहरू सँगै खान्छौँ। यस्तो अवस्थामा कहिलेकाहीँ यी चीजहरू हाम्रो शरीरको लागि खतरनाक साबित हुन्छन्। त्यसैले खाना

मूला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, रुघाखोकी जस्ता रोगबाट