English

मोजा बिना जुत्ता लगाउनु खतरनाक



युवा पुस्ताका अधिकांश मानिसहरू मोजा बिना जुत्ता लगाउँछन्। तर, यो फेसन ट्रेन्डका कारण तपाईंको शरीरलाई हानि पुग्न सक्छ । मोजा बिना जुत्ता लगाउनु खतरनाक साबित हुन सक्छ। एक अध्ययनमा यो खुलासा भएको हो । वर्षा याममा धेरै पानीमा भिजेपछि जुत्ता पनि भिजेको हुन्छ र लामो समयसम्म त्यस्तो जुत्ता लगाएर राख्नुभयो भने समस्या हुन सक्छ ।

एक अनुसन्धानले दाबी गरेको छ कि मोजा बिना जुत्ता लगाउनाले व्यक्तिमा फंगल सङ्क्रमणको जोखिम धेरै छिटो बढ्छ। एक व्यक्तिको एक दिनमा ३०० मिलीलीटर पसिना आउँछ। पसिना र चिसोले फंगल सङ्क्रमणको जोखिम बढाउँछ। अत्यधिक पसिना र खुट्टामा नमीको कारण, यसको परिणाम धेरै खराब हुन सक्छ। अनुसन्धानमा कार धुने काम गर्ने एक व्यक्तिले आफ्नो कामका कारण उनको खुट्टा पुरै समय ओसिलो हुने गरेको बताइएको छ । जसका कारण उनलाई फंगल इन्फेक्सन भएको थियो ।

सुन्दर देखिनको लागि मानिसहरू जे पनि गर्न तयार हुन्छन् तर सधैँ आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । आजको समयमा स्टाइलले धेरै महत्त्व राख्छ, त्यसैले केही कुरालाई ध्यानमा राखेर यो रोगबाट बच्न सकिन्छ। आवश्यक नभएमा मोजा बिना जुत्ता नलगाउनुहोस्। साथै, जुत्ता लगाउनु अघि आफ्नो खुट्टामा एन्टिपर्सपिरेन्ट स्प्रे गर्नुहोस्।

यो पनि…
हिँड्नुका फाइदा

सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested