भोलि (बुधबार) एसईईको नतिजा सार्वजनिक हुँदै
राष्ट्रिय परीक्षा बोर्डले भोलि (बुधबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले बुधबार नै एसईईको नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
‘नतिजा तयारीको सम्पूर्णका काम सकियो अब केही प्राविधिक त्रुटी छ कि भनेर अन्तिम हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यस्तो ठूलो प्राविधिक गढबढी देखिएन भने भोलि (बुधबार) एसईईको नतिजा सार्वजनिक गर्ने तयारीमा छौं ।’
यसवर्ष एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन छुट्टा छुट्टै गरिने नियन्त्रक रायामाझीले जानकारी दिए । ‘यसअघि सैद्धान्तिक र प्रयोगात्मकको प्राप्तांकलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो,’ उनले भने, ‘यसवर्ष भने त्यसलाई बेग्लाबेग्लै मूल्यांकन गरिनेछ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसपाली देखि नै लागू हुने गरी सैद्धान्तिकतर्फ न्युनतफ ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत प्राताङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो ।
परीक्षा नियन्त्रक रायामाझीका अनुसार नतिजा सार्वजनिक भएको २ हप्ताभित्रै विद्यार्थीलाई मार्कसिट उपलब्ध गराउने गरी काम भइरहेको छ ।
यस्तो छ ग्रेडिङ सिस्टम
यसैपालीबाट एसईईको नतिजाको ग्रेडिङ सिस्टममा समेत हेरफेर भएको छ । परीक्षार्थीको प्राप्ताङ्कअनुसार ८ वटा ग्रेड निर्धारण गरिएको उनले जानकारी दिए । जसअन्तर्गत ९० भन्दा माथि प्रतिशत ल्याउनेले ‘ए प्लस’ पाउनेछ जसको जीपीए ४ हुनेछ । त्यसैगरी, ८० देखि ९० प्रतिशत ल्याउनेले ‘ए’ ग्रेड पाउनेछ जसको जीपीए ३.६ निर्धारण गरिनेछ ।
७० देखि ८० सम्मको प्रतिशतलाई ‘बी प्लस’ मानिनेछ जसको जीपीए ३.२ हुनेछ । त्यस्तै, ६० देखि ७० प्रतिशत प्राप्त गर्नेलाई ‘बी’ जीपीए २.८, ५० देखि ६० प्रतिशतलाई ‘सी प्लस’ जीपीए २.४, ४० देखि ५० प्रतिशतलाई ‘सी’ जीपीए२.० हुनेछ । त्यस्तै, ३५ देखि ४० उपलब्धि प्रतिशत ल्याउनेलाई ‘डी’ ग्रेड निर्धारण गरिएको छ । जसको जीपिए १.६ हुनेछ । तर, ३५ भन्दा कम प्रतिशतलाई ग्रेडमा गणना गरिएको छैन ।
गत वैशाख ९ देखि २० गतेसम्म चलेको एसईई परीक्षामा ११६१५ विद्यालयबाट नियमिततर्फ १५७९१४ छात्र र २५७५३ जना छात्रा गरी ५१४९६७ परीक्षार्थी सहभागी थिए ।
ग्रेड वृद्धितर्फ ११४५४ विद्यार्थी र प्राविधिकतर्फका २९९ विद्यालयका १४५६४ विद्यार्थीले एसईई दिएका छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् भने सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार परीक्षार्थी सहभागि भएका थिए ।
पहिलो पटक जापानबाट पनि नेपालीले एसईई दिएका छन् । जापानमा नेपालीले चलाएको एक स्कुलका २० जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
कसरी हेर्ने नतिजा ?

यो पनि
एसईई परीक्षा : कुन विषयको कहिले ? [तालिका]
एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म, ५ लाख बढी विद्यार्थी सामेल हुँदै
turantnar
Calcium Reuptake Into the SR Was Delayed in SPEG Knockout Cardiomyocytes cialis 5mg best price Mean RBBC 5 min before and 30 60 min after F were 6