English

चित्रकार डा. भौकाजीको निधन



चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ । प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनको निधन भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए ।

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् ।

विसं २०२९ फागुन २४–२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । ललितकला महाविद्यालयका पूर्वछात्र उनले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुप्रै प्रदर्शनी पनि गरेका थिए । अविवाहित डा भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याएका थिए ।

पशुपति आर्यघाटमा उहाँको आजै दाहसंस्कार गरिएको छ । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपीन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्वसांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्वप्राज्ञ नारदमणि हार्तम्छाली र रवीन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो ।

यो पनि…
बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन
कार दुर्घटनामा क्रिकेटर साइमन्डको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested