English

बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन



बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन । सुरुवातमा उनले फिल्ममा आउनु अघि परिवारलाई निकै सम्झाउनु परेको थियो ।

शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन् । उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो ।

शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन् । यद्यपि यो फिल्म रिलिज हुनुअघि ‘गुनाह’ रिलिज भयो ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested