English

मण्डलामा न्ह्यू बज्राचार्य



धेरै पछि काठमाडौँ उपत्यकाका संगीतप्रेमी दर्शकहरुले राम्रो गीतहरुको सही अर्थमा श्रोताको रुपमा आवाज सुन्ने मौका पाए । यो मौका दिए, प्रसिद्ध संगीतकार न्ह्यू बज्राचार्यले । मण्डलामा सोमबार साँझ आयोजित एउटा संगीतमय कार्यक्रम ‘मनसुन मुड्स : आन म्युजिकल इभनिङ’ ले संगीतको आनन्द प्राप्त गरे,दर्शकले ।

गीत प्रस्तुत गर्ने क्रममा बज्राचार्यले आजकाल सुन्ने भन्दा हेर्ने दर्शक बढेको प्रवृत्तिमाथि ब्यङ्गय गर्दै, आफ्ना धेरै हिट र केही त्यति चर्चामा नआएका गीतहरु प्रस्तुत गरे । उनको प्रस्तुतिको क्रममा गायिका बिष्णु चेम्जोङ्ग र केहि अरु गायक र गायिका तथा बाध्यवादकहरुले पनि बलियो साथ दिए । कार्यक्रमको संचालन कवि विप्लब प्रतीकले गरेका थिए ।

शब्द/तस्विर : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Popular
Suggested