English

रातमा किन गरिदैन शवको पोष्टमार्टम ?



हाम्रो दिमागमा विभिन्न किसिमका प्रश्नहरु आइ नै रहन्छन् । जसको जवाफ थाहा पाउन कहिले काँही गाह्रो पनि हुन्छ, तर असम्भव नहुन पनि सक्छ । यस्तै प्रकारको एउटा प्रश्न छ, आखिर शवको पोष्टमार्टम किन राती हुँदैन ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउदैछौँ ।

पोष्टमार्टम एक प्रकारको अप्रेशन नै हो । जसमा शवलाई शल्यक्रिया गरेर बिभिन्न परिक्षण गरिन्छ । शवको पोष्टमार्टम किन गरिन्छ भने कुनै पनि जीवको मृत्युको कारण के हो ?

पोष्टमार्टमका लागि मृतकका आफन्तको सहमति भएपछि मात्र यो हुनेगर्छ । तर केहि घटनामा प्रहरीले स्वयं नै गराउँछ, जस्तै हत्या, आत्महत्या, दुर्घटना आदी ।

मानिसको मृत्यु भएको ६ देखि १० घण्टाको अवधिमा शवको पोष्टमार्टम गर्दा घटनाको वास्तविकता स्पष्ट थाहा हुन्छ भनिन्छ । किनभने त्यो भन्दा धेरै समय राखेमा शवमा विभिन्न किसिमका प्राकृतिक परिवर्तनहरु देखिन्छन् । यो वाहेक शवको पोष्टमार्टम सूर्योदयदेखि सूर्यास्तसम्मको विचमा बढी हुने गर्छ । किनभने ट्यूबलाइट वा एलइडीको प्रकाशमा चोटको रंग रातोको स्थानमा बैजनी रंगको देखिन्छ । फोरेन्सिक साइन्समा बैजनी रंगमा देखिने चोटको कुनै ब्याख्या गरिएको छैन । प्राकृतिक र कृत्रिम प्रकाशमा चोटको रंग फरक देखिने हुनाले पोष्टमार्टमको रिपोर्टले कोर्टमा चुनौती दिन सक्छ ।

रातको समयमा पोष्टमार्टम नगर्नुको धार्मिक कारण पनि रहेको छ । राती अन्तिम संस्कार नगरिने भएकोले मृतकको पोष्टमार्टम नगरिएको बताइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,