English

राष्ट्रिय टिममा बसिरको डेब्यु



युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् ।

१८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन् । घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बसिरले गत वैशाखमा जिम्बाव्वे ए सँगको खेलमा टी २० खेल र एकदिवसीय खेलमा नेपालबाट खेलिसकेका छन् । यद्यपि, सो खेल अनौपचारिक थियो ।

बसिरले नेपालको यु १९ टिमबाट समेत खेलिसकेका छन् । यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए । जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए ।

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ । यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन् । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिता अघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

नामिबियाव्विरुद्ध नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

यो पनि…
अभ्यास खेलमा ओन्टारियोलाई नेपालले हरायो
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested