English

अभ्यास खेलमा ओन्टारियोलाई नेपालले हरायो



क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै १५१ रनमा समेटियो ।

ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सरार्फले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested