English

अभ्यास खेलमा ओन्टारियोलाई नेपालले हरायो



क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै १५१ रनमा समेटियो ।

ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सरार्फले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested