English

नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल आज खेल्ने



विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल आज खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको मोसा स्टेडियम सञ्चालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनु अघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो ।

लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा सञ्चालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि गत बिहीबार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिस्पर्धा गरेको थियो ।

जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो ।

एनआरएनए एनसिसी युएसए कपको समाप्तिपछि आयोजित कार्यक्रममा संघका तर्फबाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरूलाई अवार्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो ।

यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको सञ्चालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए यूथ कमिटी चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरू विनोद पाण्डे, किशन रेग्मी, नपलिज एसोसिएसन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा. विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राखेका थिए ।

आइसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरू विश्व कपका लागि छनौट हुन प्रतिस्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहित ४० अंक सहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२ अंकाका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ पाँचौँ स्थानमा, नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकाका साथ छैटौँ र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकाका साथ सातौँ स्थानमा रहेको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशासन भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested