बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक



नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ ।

क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ ।

यसअघि ‘ए’ ग्रेडका खेलाडीको ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० हजार र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ पारिश्रमिक थियो ।

यस्तै, क्यानले महिला खेलाडीको पारिश्रमिक पनि वृद्धि गर्ने निर्णय गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीको पाँच हजार र ‘बी’ र ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक समान ६ हजार रुपैयाँले बढाएको छ ।

यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो

युगान्डामाथि नेपालको पहिलो जित



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

क्रिकेटर सन्दीप लामिछानेलाई लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन

नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामेछानेविरुद्ध लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार

बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको

Suggested