English

युगान्डामाथि नेपालको पहिलो जित



युगान्डाविरुद्धको टी-२० सिरिजअन्तर्गत चौथो खेलमा नेपाली महिला टोली १५ रनले विजयी भएको छ । जारी सिरिजमा नेपालले लगातार तेस्रो हारपछि पहिलो जित निकालेको हो । नेपालको यो ऐतिहासिक जित हो ।

घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपालले इतिहास रचेको हो । यसअघि नेपालले त्रिवि मैदानमा युगान्डालाई हराएको थिएन । चौथो खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको पाहुना टोली युगाण्डाले १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

यसका लागि जेनेट म्याम्बाजाईंले २१, रीता न्यांगेन्डोले १६ र केभिन अविनोले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि हिरान्माय रोयले दुई, कविता कुँवर, कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले एक-एक विकेट लिए ।

नेपालले तीन विकेट रनआउटको रूपमा प्राप्त गर्‍यो । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमा अलआउट भयो । नेपालका लागि ओपनर ज्योति पाण्डेले १७, विन्दु रावलले १६ र सीताराना मगरले ११ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युगान्डाका लागि कान्सी अवेकोसले सर्वाधिक तीन विकेट लिए । आज पिच ओसिलो भएका कारण खेल १८ ओभरमा झारिएको थियो । नेपाल र युगान्डाबीचको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested