English

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् । यस क्रममा अन्जलीले ५४ बलको सामना गरेकी थिइन् । यसबाहेक, आश्मा पुलामीले २६ रन बनाइन ।

मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

मलेसियामाथिको जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested