English

विश्वकप फुटबलमा भिड्दैछन् ३२ देश



अंग्रेजी महिनाको जुन-जुलाई । यो महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, हिजो(मंगलबार) मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ ।

यसपालीको विश्वकप फुटवल कतारमा आयोजना हुँदैछ । यो बेला कतारमा अत्याधिक गर्मी हुने हुँदा विश्वकपको मिति धकेलियो । अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको माहोल तात्नेछ ।

यसपालीको विश्वकप फुटबलमा ३२ वटा देश विश्वकपमा भिड्दै छन् । जसमा सबैभन्दा बढी युरोपबाट १३ एसियाबाट एसियाबाट ६ उत्तर अमेरिकाबाट ४ अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएको फिफाले जनाएको छ ।

२२ औं संस्करणको फिफा विश्वकपको पहिलो खेल समूह ‘ए’ मा रहेको नेदरल्याण्ड र सेनेगलबीच हुनेछ । दोस्रो खेल समूह ‘बी’बाट इङ्ल्याण्ड र इरानबीच हुनेछ । तेस्रो खेल समूह ‘सी’बाट कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप फुटबल कतारको ५ सहरका ८ वटा खेल मैदानमा खेलाइने फिफाले जनाएको छ ।

कुन समूहमा को–को ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

याे पनि :
अमेरिकामा महिला फुटबलरको युगान्तकारी जित

कस्तो रह्यो वर्ष २०७८ मा नेपाली फुटबल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested